मज्जाको अनलाईन, बैशाख १८ गते, शुक्रबार,२०७२, काठमाण्डौं ।

महाभूकम्पमा परी घाईते भएका ब्यक्तिहरुले रगत अभावका कारण ज्यान गुमाउनुस् नपरोस् भन्दै कलाकारहरुले रक्तदान गरेका छन् । चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले विहिबार संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चलचित्र कलाकारहरु, निर्देशक, निर्माता, पत्रकार र चलचित्रका दर्शकहरुले रक्तदान गरेका हुन् ।

d1

हाल सम्म कहिलै पनि रगत दान नगरेका सेलिब्रेटीद्धय आर्यन सिग्देल र नम्रता श्रेष्ठले पनि जिवनमै पहिलोपटक रक्तदान गरेका छन् । भृकुटीमण्डप स्थित ब्लड बैकंको कार्यलयमा भएको उक्त रगत संकलन कार्यक्रममा झरना थापाले पनि रगत दान गरेकी छिन् तर दीपाश्री निरौलाले चाँहि चाहेर पनि रगत दान गर्न सकिनन् । ‘भिटामिन वि १२ खाईरहेको थिए त्यसैले मलाई डक्टरले सबै परिक्षण पछि रगत दिन रोक्नु भयो’, दिपाले निराश हुदै भनिन्, ‘यो बिषम परिस्थितिमा चाहेर पनि रक्तदान गर्न सकिन, म दु:खी छु ।’

d3

निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले पनि हाई ब्लडप्रेसरका कारण रगत दान गर्न सकेनन् । नायक रमेश उप्रेतीले मन्द ज्वरो आएका कारण रगत दान गर्न सकेनन् । त्यस्तै, निर्देशक आकाश अधिकारीले पनि रक्तदान गर्न भने सकेनन् ।

d2

त्यस्तै रक्तदान कार्यक्रममा निर्माता सुवास गिरी, निर्देशक दिनेश राउत, शोभित बस्नेत, नायक गजित बिस्ट, निर्देशक सम्झना उप्रेती रौंनियार, निर्माता राजेश घतानी, नीलहरी काफ्ले, संगीतकार टंक बुढाथोकी, रक्षा सिंह राणा सहित पत्रकार दिनेश सिटौला, राजु लामिछाने, बिजय आवाज, कुबेर डंगोल लगायतले रगत दान गरे ।

रक्तदान कार्यक्रममा हाँस्यकलाकारहरुको पनि बाक्लो उपस्थिति देखियो । दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे , निर्मल शर्मा लगायतले कार्यक्रममा उपस्थिती जनाए तर रक्तदान गर्न भने सकेनन् ।

group

रक्तदान कार्यक्रममा सिनेमा क्षेत्रबाट ७५ जना र अन्य सर्बसाधारण तर्फ बाट ४ सय जनाले रगत दान गरेका थिए ।

For More videos Log on to Mazzako TV