मज्जाको अनलाईन, बैशाख १७ गते, विहिबार, २०७२, काठमाण्डौं ।

Nepal telecom

नेपाल टेलिकमले भर्खरै एक विज्ञप्ति निकालेर शनिबार भुकम्प गएदेखि आज (विहिबार) राति १२ बजेसम्मको कल निःशूल्क नै रहने जनाएको छ । त्यसपछिको भने शुल्क लाग्ने टेलिकमले जानकारी गराएको छ ।

मोबाईलमा ब्यालेन्स सकिए पनि टेलिकम सेवाग्राहीले फोन गर्न भने पाउने बताईएको छ । फोन गर्दा लागेको शुल्क पछि फोन रिचार्ज गरेपछि काटिने जानकारी गराईएको छ । आज रातको ‘१२ बजेपछिको DATA, SMS लगायत सम्पूर्ण कलहरुको नियमानुसार महसुल लाग्नेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘रिचार्ज कार्डको उपलब्धता सहज नभए सम्मको अवधिको लागि ब्यालेन्स सकिए तापनि कल तथा SMS गर्ने सुविधा उपलब्ध हुने, तर उक्त कल, GSM तथा SMS को शुल्क लाग्नेछ’।

दिउँसो टेलिकमको महशुल बारे निशुल्क नभई क्रेडिट सुविधा भन्ने समाचारमा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले अहिले भर्खरै ‘रिभाइज’ गरिएको जानकारी गराएकी छिन् ।

उनले भनिन्, ‘अहिले भर्खरै हामीले यो निर्णय गरेका हौ, पहिले शून्य ब्यालेन्समा दिएको सुविधा पछि रिचार्ज गरेपछि काटिने निर्णयलाई उल्टाएका छौ’ ।

For More videos Log on to Mazzako TV