मज्जाको अनलाईन, बैशाख १७ गते, विहिबार, २०७२, काठमाण्डौं ।

‘दुई घण्टाभित्र ठूलो भूकम्प जान्छ सबैजना घर बाहिर निस्क’ भन्दै ठुलो ठुलो आवाजमा माइकिङ्ग गर्ने एक ब्यक्तिका कारणले गर्दा उपत्यकाबासी यतिबेला सडकमा निक्लिएका छन् ।  उक्त ब्यक्तिले नयाँ बानेश्वरमा भुकम्पको बारेमा नभएको हल्ला फिजाउदै हिडेका थिए । आज ५ बजेपछि ठुलो भुकम्प आउछ भन्दै हल्ला फिजाउने ललितपुरका ती युवकको मानसिक सन्तुलन विग्रिएको पनि प्रहरीले जनाएको छ ।

Nepal-Police

फेरि भुकम्प आउन लागेको भन्दै उपत्यका सहित नेपालै भरि यतिबेला यो हल्ला फैलिएको छ । प्रहरीले यस्तो गलत हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।

For More videos Log on to Mazzako TV