मज्जाको अनलाईन, बैशाख १७ गते, विहिबार, २०७२, काठमाण्डौं ।

Nepal telecom

महाभुकम्प पछि नेपाल टेलिकमको सेवा प्रयोगकर्ताहरुले मोबाईलमा जिरो ब्यालेन्स हुदा पनि कुराकानी गरिरहेका छन् । भुकम्पलाई मध्यनजर गर्दै दिईएको यो सुविधा नि:शुल्क नभएको टेलिकमले स्पष्ट पारेको छ । भुकम्पपछि बजारमा रिचार्ज कार्ड नपाइने समस्यलाई मध्यनजर गर्दै टेलिकमले यो सुविधा दिएको जानकारी गराएको छ । टेलिकमले यो सुविधाको दुरूपयोग गरिएको निष्कर्ष निकाल्दै ग्राहकहरुलाई ‘क्रेडिट सुविधा’ भनेर बुझ्न आग्रह गरेको छ।

‘भूकम्पका बेला सूचनाको समस्याले थप विपत्ति सिर्जना नहोस् भन्नका लागि यो सुविधा दिइएको हो,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् । उनका अनुसार ‘क्रेडिट’ सुविधा पुर्ण रुपमा बजार नखुलिन्जेलसम्मका लागि हुनेछ । जनजिवन सामान्य भएपछि ग्राहकको ब्यालेन्सबाट उधारो काटिने उनले जानकारी गराएकी छ्नि । नि:शुल्क सेवा भन्दै सेवाको दुरुपयोग नगर्न पनि उनले सबैमा अनुरोध गरेकी छिन् ।

For More videos Log on to Mazzako TV