– अर्जुन के. आर. / बैशाख १७, काठमाण्डौं । 

11208748_884979921566472_2142815190_n

शनिवारको महाभुकम्पले धेरैको ज्यान लियो भने कयौंलाई घरबारविहिन बनायो । संसारैभरिबाट सहायता र राहत आईरहेको भएतापनि भुकम्प पिडितहरुको हातमा परेको छैन । सामाजिक सञ्जालहरुमा सरकारको निकै आलोचना पनि भईरहेको छ । एक नेपालीको दुखेको घाउमा अर्को नेपालीले महलम लगाउनु अहिलेको टडकारो आवश्यकता हो । हामी सबैले आफ्नो आफ्नो ठाँउबाट तत्काललाई जे गर्न सकिन्छ, गर्ने बेला आएको छ । सरकारी ढिलासुस्तीले पिडामाथी पिडा दिएको छ ।

कमलो मनका हामी नेपाली, कुनै नेपालीको दु:ख देख्न कदापी सक्दैनौ । आज यहाँ देशै रोईरहेको बेला संसारको कुनै पनि ठाँउमा रहेका नेपालीको ओठ हाँसो छाउन सकेको छैन । तन विदेशमा मन नेपालमै छ । भुकम्पबाट ज्यान गुमाउनेहरुले त गुमाई नै सके तर घाईते भएका अनि घरबारबिहिन भएकाहरुका लागि सबैले हातेमालो गरि सहयोग गर्ने हो भने चाडै हामी यो पिडाबाट बाहिरिन सक्छौ ।

pic 1

भुकम्प पिडितहरुलाई राहत बाड्न सबै जना लागि परिरहेको बेला कलाकार दिपाश्री निरौला, अनुरागमान सिंह कुवर सँगै शनिवार साङ्ला गाविस क्षेत्र नम्बर ६ मा पुग्दा देखिएका दृश्यहरुले मलाई निकै घच्घच्याई रहयो । काठमाण्डौं महानगरपालिका भित्रकै सुन्दर गाँउ साङ्लामा आज रुवाबासी छ, सबैका आँखा रसाएका छन् । ४०–५० घरको सानो तर सुन्दर बस्तीलाई भुकम्पको एक झट्काले खण्डहरमा परिणत गरिदिएको छ । करिब ९५ प्रतिशत घरहरु लडेका छन् । सात जनाले अकालमै ज्यान गुमाउनु पर्यो । दु:ख र पिडाको त सिमा नै छैन ।

भत्किएका घर, पानी परेर हिलो भएको अनि भत्किएको अप्ठ्यारो सडकहरुलाई पार गर्दै साङ्ला पुग्न आफैमा चुनौतीपुर्ण भयो हाम्रो लागि । ठाँउठाँउमा गाडीलाई धकेल्दै र बल लगाउदै त्यहाँ पुग्ने बित्तिकै गाँउनै सोत्तर भएको, खण्डहरुजस्तो दृश्यले मन रुवायो नै । झनै गाँउलेका पिडा सुनेपछि त मनै भारी भएर आयो । एक जना महिला भन्दै थिईन्, ‘भत्किएको घर भित्र मान्छे पुरिएको छ डोजर चाहियो भन्दा पनि पाईएन्, मुश्किलले फसेकाहरुलाई उद्धार गरियो’ । कयौं घरपालुवा जनावरहरु त अझै पनि भत्किएका घरमुनि पुरिएका छन्, कति जिवित छन्, कति मरिसके । भुकम्प गएको चार दिन पछि अर्थात बुधबार करिब ४ बजेतिर हामी त्यहाँ पुग्दा एक लडेको घरभित्रबाट बाख्रा कराईरहेको अवाज सुनियो, तर निकाल्न सक्ने अवस्था छैन । धन्न अड्किएका मानिसहरुलाई भने गाँउले आफैले मिलेर निकाल्न सफल भएका रहेछन् ।

pic 3

काठमाण्डौं सहरकै नजिक भएपनि विकासका पुर्वाधारहरुबाट पछि पारिएको साङ्लालाई बत्ती मुनिको अध्यारो गाँउ भनिदो रहेछ । तर आज, भुकम्पले त्यो आशाको बत्ती पनि निभाईदिएको छ । साङ्लाबासी माझ कलाकार दिपाश्री निरौला र अनुरागमान सिंह कुवर आफ्नै पहलमा केही राहत सामाग्री लिएर पुग्दा गाँउबासीमा देखिएको खुशी भने बर्णनिय थियो । केही चामलका बोरा, आलु, बिष्कुट, सोयाबिन, दाल, तेल, नुन, साबुन सहित पुगेको दिपा र अनुरागको टोलीले गाउबाँसीको दुखेको घाउमा केही क्षणलाई नै भएपनि महलम लागउन सफल भएका छन् । बिपदका बेलामा कलाकारको सामाजिक उत्तरदायित्वले पनि निकै ठुलो महत्व राख्दो रहेछ । अनुरागले यसअघि पनि चाउचाउ र चिउरा लिएर सो गाँउमा पुगिसेको रहेछन् । उनी भन्दै थिए, ‘आजमात्रै होईन म फेरि पनि आउछु थप खाद्यान्न लिएर’ । दिपाश्रीले पनि गाँउलेलाई अझै सहयोग गर्ने बचन दिएर आईन् । दिपा र अनुरागलाई मनबाटै धन्यवाद पनि दिन चाहान्छु ।

pic 2

अरुलाई सधै हसाईरहने दिपाश्री राहतको सामाग्री लिएर साङला पुगेपछि भने भावुक देखिईन । उनका आँखा रसाए । गाउलेको बिजोक देखेर उनी सरकार प्रति आक्रोशित पनि भईन् । ‘संविधान त दिएनौं तर आपतविपदमा परेको बेला शिर लुकाउने पाल र एक छाक खानेकुरा त देऊ’, उनको गुनासो यस्तो छ । ‘हामी पनि यही देशका मान्छे हौ, सहरमा मात्रै उद्धार गरेको छ रे, गाँउमा कोही पनि सरकारी मान्छे आउदैनन्, हामी गाँउलेलाई सबैले हेपे’, दिपासँग भक्कानिदै एक महिलाले भनिन्, ‘त्यो सरकार भन्ने कहाँ गयो ?’

यो त एउटा सानो गाँउको दृश्य मात्रै हो । आज देशैभरि लाखौ मानिसहरु भोकभोकै बसिईरहेका छन् । एक थान पाल नपाएर, रातभरी पानीमा रुझेर बस्नु परेको छ । सोझा नेपाली मनहरु नराम्ररी भाचिएका छन् । सरकारले काम गरेन भन्न त खोजेको होईन, तर आम जनताले देशमा सरकारबिहिनताको महसुस गरिरहेका छन् । कमसेकम तत्काललाई अत्यावश्यक सामाग्रीहरु मात्रै पु¥याउन सकेको खण्डमा पनि दुखेको मन केही हलुंगो हुने थियो कि ? हामी सबैले आफ्नो आफ्नो ठाँउबाट गरेको सानो सहयोगले पनि पिडितहरुको दुखेको मनलाई शितलता प्रदान गर्छ । होईन र ?

11208693_884979151566549_1145086517_n

11185692_884979744899823_346906983_n

11198979_884979604899837_1441996780_n

11093276_884979458233185_1510811245_n

11118102_884979261566538_1812182114_n

11101853_884979348233196_1882040737_n

11119384_884978968233234_908551944_n

11186415_884980314899766_427514114_n

11186472_884979208233210_622180281_n

For More videos Log on to Mazzako TV