बैशाख १६ गते, बुधबार, काठमाण्डौ ।

भूकम्पबारे नागरिकमा त्रास र आतङ्क फैलाउने समाचार सम्प्रेषण गरेको भन्दै ‘नेपालीहेडलाइन्स डटकम’ का तीन जना पत्रकारहरुलाई प्रहरीले प्रकाउ गरेको छ ।

बुद्धनगरमा रहेको सो अनलाइनको कार्यलयबाट कार्यकारी सम्पादक सरोज गौतम, डेस्क सम्पादक सचित देवकोटा र कार्यकारी निर्देशक गीता भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

आइतबार वैज्ञानिकसमेतलाई उद्धृत गर्दै ‘वैज्ञानिक भन्छन् अझै ठूलो भूकम्प आउन बाँकी नै छ’ समाचारबाट सर्वसाधारणमा आतङ्क फैल्याएको भन्दै तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

– रासस

For More videos Log on to Mazzako TV