मज्जाको अनलाइन, बैशाख ११, शुक्रवार, काठमाडौं ।

बैशाख २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘होस्टेल रिटर्न्स’ले आफ्नो पब्लिसिटीलाई तीव्र तुल्याएको छ । फिल्म निर्मान यूनिटले आफ्नो प्रचारका लागि परम्परातग शैली त्याग्दै केही फरक बाटो अंगालेको छ ।

Hostel Retrun in Raktadan

त्यसैको शिलशिलामा शुक्रबार हात्तीबनमा आयोजित एक रक्तदान कार्यक्रममा फिल्मले ऐक्यबद्धता जनायो ।निर्माता एवं अभिनेता सुनिल रावल र अभिनेता सुशिल श्रेष्ठले रक्तदान गरे । आध्यात्मिक संस्था सन्त निरंकारी मिसनद्धारा आयोजित समारोहमा विविध क्षेत्रका व्यक्तित्वले रक्तदान गरे ।

Hostel Returns in rakta dan

रक्तदानमा सहभागि भएपछि फिल्म निर्माण कम्पनी दुर्गिश फिल्मसका सल्लाहकार एवं संस्थाका अध्यक्ष नरबहादुर रावलले सिनेमा र समाजसेवाको उद्देश्य एउटै रहेको बताए । उनले शिक्षा, अध्यात्म र समाज सुधारमा दुर्गिश फिल्मस सँधै समर्पित हुने बताए ।

सुरज भुषालले निर्देशिन गरेको फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला, स्वस्तिमा खड्का, सुदाम सिके लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV