मज्जाको अनलाइन, बैशाख १०, बिहिवार २०७२, काठमाडौं ।

काठमाण्डौं – देशबनाउने नेताको खडेरी भईरहेको बेला फिल्म ‘चंखे शंखे पंखे’ ले भने देश बनाउने युवा छान्ने भएको छ । देशका भिविन्न आठ सहरबाट तीन फिल्मले उत्कृष्ट युवा वक्ता छान्ने घोषणा गरेको छ।

chankhey-sankhey-pankhey

पब्लिक स्पिकर नेपाल’ शिर्षक राखिएको यस प्रतियोगिताको नारा ‘आजको वत्तृत्व, भोलिको नेतृत्व’ राखिएको छ ।

धनगढी, नेपालगञ्ज,बुटवल, चितवन, पोखरा, दमक, धरान, बिराटनगर र काठमाडौंमा हुने अडिसनबाट १० जना युवा छान्ने र तीमध्ये उत्कृष्ट तीन युवा छनोट गर्ने कार्यक्रममा जानकारी फिल्म निर्माता यूनिटले गरायो । तीनजना मध्येबाट पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

chanke-press-meet-2

यो अभियानमा देशभरिबाट ५ हजार विद्यार्थीको सहभागि गराउने लक्ष्य राखिएको कार्यक्रममा जानकारी दिइयो । प्रतियोगिता वैशाख ११ देखि धनगढीबाट सुरु हुनेछ र वैशाख २९ मा समापन हुनेछ।

सन्तोष सेनले निर्माण गरेको यो फिल्ममा ‘चंखे शंखे पंखे’ मा पनि देशका बारेमा वकालत गर्ने तीन युवाको कथा छ ।

फिल्म आगामी जेठ एक गतेदेखी देशभर रिलिज हुँदै छ ।

For More videos Log on to Mazzako TV