मज्जाको अनलाइन, बैशाख १०, बिहिवार २०७२, काठमाडौं ।

मौसमी फ्लूबाट जाजगरकोटमा फैलिएको महामारीप्रति कलाकारले रकम संकलन गर्दै आ आफ्नो ठाउँबाट प्रभावित क्षेत्रमा सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

artists' appeal for Jajorkot flu victimsबुधबार राजधानीस्थित अनामनगरको मण्डला नाटक घरको आँगनमा भेला हुँदै नायिका, निर्देशक र अन्य कलाकर्मीले महामारी नियन्त्रण गर्न सरकारलाई गाली गर्दै सामाजिक सञ्जालको भित्तामा मात्रै सिमित नहुन समेत आग्रह गरे ।

artists' appeal for Jajorkot flu victims1निर्देशक निश्चल बस्नेतले भने, ‘हामी जे कुराको पनि सरकारको मुख ताक्छौं तर, आफै भने गर्दैनौं । फेसबुकमा लेखर मात्रै पिडितलाई राहत पुग्दैन । त्यसैले हामीले जे गर्न सक्छौं त्यही गर्न लागेका हौं ।’ यता नायिका प्रियंका कार्कीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग जाजरकोटवासीको लागि गर्ने बताइन् ।

artists'  appeal for Jajorkot flu victims2भेलाका अगुवा निर्देशक मनोज पण्डितले फिल्मकर्मीको काम मनोरञ्जन दिनु मात्रै नभएर देशमा देखिएको विषम परिस्थितिलाई साथ दिनु पनि रहेको औंल्याए ।

कलाकार दयाहाङराईले गत वर्ष सुनकोशीमा गएको पहिरोको स्थलगत अवलोकनको स्मरण गर्दै देशमा हुने यस्ता नराम्रा घटनाक्रमले आफुलाई दुःखी बनाउने बताए । राईले आफु पनि जाजरकोटवासीलाई महामारीबाट बाहिर ल्याउन सक्दो सहयोग गर्न तयार रहेको बताए ।

Artists' appeal for jajorkot flu victms3जाजरकोटमा फैलिएको महामारीका लागि मण्डला नाटक घरको आँगनमा भेला भएका फिल्मकर्मीबाट बीस हजार बढी रकम समेत संकलन गरिएको छ । संकलित रकमलाई यसै साता प्रभावित क्षेत्रमा पुर्याइनेछ ।

तीन सातादेखि जाजरकोटमा फैलिएको स्वाइन फ्लुले झण्डै २६ जनाको ज्यान गइसकेको छ भने भने दर्जनौं व्यक्ति बिरामी परेका छन् ।

For More videos Log on to Mazzako TV