मज्जाको अनलाइन, बैशाख १०, बिहिवार २०७२, काठमाडौं ।

गायक तथा संगीतकार टंक बुढाथोकीले रेकर्डिङ स्टुडियो ‘स्टुडियो नाइन’ संचलानमा ल्याएका छन । निर्देशक बसन्त निरौलाको जन्म दिनको अवसर पारेर उद्घाटन गरिएको उक्त स्टुडियोमा बुढाथोकी स्वयमकै स्वर तथा संगीत रहेको ‘शनिबारको छुट्टीमा मेहेनत गरेर’ बोलको गीत रेकर्ड गरेर भयो । गीतमा गायिका मनिषा पोखरेलले पनि स्वर दिएकी छिन ।

Studio 9रेकर्डिङ स्टुडियो उद्घाटन भए पछि बुढाथोकीले बुबाआमाको डाक्टर बनाउने सपना भएको र त्यो पुरा गर्न नसकेको बताए । उनले आफुलाई डाक्टर बनाउन जुन रकम खर्च हुन्थ्यो त्यही रकम स्टुडियो संचालनका लागि खर्च गरिदिनुस् भनेर बुबा–आमालाई आग्रह गरेर स्टुडियो संचालनमा ल्याएको बताए । विगत ९ वर्षदेखि संगीतमा संघर्षरत भएकाले स्टुडियोको नाम पनि ‘स्टुडियो नाइन’ रहस्य पनि बुढाथोकीले खोले ।

निर्देशक निरौलाको जन्मदिनसँगै स्टुडियो उद्घानको खुसियाली साट्न बरिष्ठ कलाकर रमेश बुढाथोकी, नायक आर्यन सिग्देल, नायिका सञ्चिता लुईंटेल, पबित्रा आचार्य, नायक सोहित मानन्धर लगायतका फिल्मकर्मी सहभागी थिए ।

For More videos Log on to Mazzako TV