मज्जाको अनलाइन, बैशाख ८, मंगलवार २०७२, काठमाडौं ।

नेपाली नेताहरुको एउटा विशेषता हुन्छ, जहाँ गयो त्यस्तै बन्ने कोशिस गर्नु ।  यसैले होला नेताहरु चाहे आफुले त्यो बिषयमा नजानेका नै किन नहुन हरेक विषयमा भाषण र प्रवचन दिन पछि हट्दैनन् ।

bamdev vs songsआइतबार राजधानीमा नाटक महोत्सव उद्घाटन गर्न पुगेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले भने,’ म पनि नाटकप्रेमी हुँ ।’ उनले अझै थपे,’ बेलाबेला गीत र कविता पनि लेख्छु । समय अभावले अहिले लेख्न पाएको छैन ।’

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सव तीनदिने हो । २०६२र६३ को लोकतान्त्रिक आन्दोलनपछि फरकफरक तीन प्रज्ञा प्रतिष्ठान बने पनि अघिल्लो पदाधिकारीले महोत्सव गर्न सकेको थिएन ।

दस वर्पअघिदेखि प्रज्ञा प्रतिष्ठानले महोत्सव गरेको थिएन ।

For More videos Log on to Mazzako TV