मज्जाको अनलाइन, बैशाख ८, मंगलवार २०७२, काठमाडौं ।

एक महिना देखी मौसमी फ्लूको महामारीबाट शिकार जाजरकोटलाई फिल्म ‘होस्टेल रिटन्र्स’ सहयोग गर्ने भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको फिल्मले अष्ट्रेलिया प्रदर्शनबाट हुने आम्दानीको केही प्रतिशत रकम जाजरकोट वासीको उपचारका लागि सहयोग गर्न लागेको हो ।

hostel-returnsस्वाईन फ्लू तथा मौसमी रुघाखोकी बाट प्रभावित जाजरकोटवासी लाई सहयोग गर्नु आफ्नो दायित्व पनि हुन आउने भएकाले सहयोग गर्न लागेको निर्माता सुनिल रावलले बताए । रावलले अन्य क्षेत्रबाट पनि जाजरकोटवासीलाई सहयोग हुनु पर्ने बताए ।

नेपाल रिपोर्टस् डटकमका निर्देशक बिष्णु सापकोटाले यो फिल्म नेपालमा प्रदर्शन सुरु भए लगत्तै अष्ट्रेलियाको सिड्नी लगायतका अन्य शहरहरुमा समेत ‘होस्टेल रिटन्र्स’ को प्रदर्शनको लागि तयारी गर्दैछन् ।

यही बैशाख २५ गतेबाट प्रदर्शनमा आउने यो फिल्म इन्जिनियरिङ्ग पढ्न होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ ।

For More videos Log on to Mazzako TV