मज्जाको अनलाइन, बैशाख ८, मंगलवार २०७२, काठमाडौं । 

विगतमा धेरै चर्चित तथा मनोरञ्जनात्मक चलचित्र दिएका कलाकार जोडी फेरि चलचित्रमा जोडीकै रूपमा सँगै अभिनय गर्दैछन् ।

sahrukh -kajolभारतीय सिने उद्योगमा रोमान्टिक अन्दाजको अभिनय गर्ने कलाकार जोडीको छवि बनाउन सफल कलाकारद्वय शाहरुख खान र काजोलको मुख्य भूमिकासहितको चलचित्र निर्देशन गरिहेका छन्, चलचत्रि निर्देशक एवं निर्माता रोहित शेट्टी । चलचित्रको नाम फेरि जुराइएको छ, ‘दिलवाले’ ।

यस चलचित्रमा अभिनय गर्न काजोलले पाँच करोड भारू लिएकी छिन । दुई बच्चा लालन–पालन गरी चलचित्र क्षेत्रमा लामो समयपछि फर्कन लाग्दा अभिनेत्री काजोलले यत्ति धेरै पारिश्रमिक लिएको कुराले पनि दिलवालेको चर्चा अहिलेबाटै शुरू भएको छ ।

यसअघि शाहरूख खान र काजोलले अभिनय गरेको चलचित्र ‘दिलवाले दुल्हनीया लेजाएंगे’ले एकै सिनेमा हलमा लामो समयसम्म एउटै चलचत्रि प्रदर्शनी भएको रेकर्ड गिनीज बुक अफ दि रेकर्डमा दर्ता भएको छ । -एजेन्सी

For More videos Log on to Mazzako TV