मज्जाको अनलाइन, बैशाख ८, मंगलवार २०७२, काठमाडौं ।

फिल्म ‘अधकट्टी’को अडियो एलब्म नेपाली फिल्म क्षेत्रमा चिरपरिचित नौ नायिकाले संयुक्तरुपमा गरेका छन् ।सोमबार बेलुकी तीनकुने स्थित एक पार्टी प्यालेसमा चलचित्र ‘अधकट्टी’को अयोडियो लहरै उभिएका नौ नायिकाले बिमोचन गर्दा त्याहाँको माहोल बेग्लै देखियो ।

9 actress launch albhumएउटा चलचित्रको अडियो बिमोचनमा एकै पटक यति धेरै कलाकार सहभागी हुनु नेपाली चललचित्र क्षेत्रमा संम्भवत दुर्लव घटना हो ।

पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको अडियो एल्बम बिमोचन नेपाली चलचित्रका क्षेत्रका पुरानादेखि नयाँ नायिकाहरु करिश्मा मानन्धर, झरना थापा, दिपाश्री निरौला, प्रियंका कार्की, निता ढुंगाना, नम्रता श्रेष्ठ, शिल्पा पोख्रेल, ऋचा शर्मा र हर्षिका श्रेष्ठले संयुक्त रुपमा गरे ।

द्धारिक उदय फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रमा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, प्रदिप बाँस्तोलाको साथमा विशेष भूमिकामा नम्रता श्रेष्ठ र गजित बिष्टले अभिनय गरेका छन् ।

बसन्त सापकोटाले संगीत भरेका चलचित्रका गीतहरुले दर्शकको मन छोएका छन् । चलचित्रको ‘ कोकाकोला फिगर’ बोलको गीत अहिले नेपाली फिल्म नगरिमा धेरै चर्चामा छ ।

एल्बम बिमोचन कार्यक्रममा निर्देशक आचार्यले अरु फिल्मको प्रचारमा कलकारहरु नगएको खबरहरु आईरहेको भन्दै आफुलाई भने चलचित्रका मात्र नभई अन्यकलाकरहरुले समेत राम्रो साथ दिएकाले त्यस्तो अनुभव गर्नु नपरेको बताए ।

निर्माता प्रदिप उदयले नेपाली चलचचित्र क्षेत्र डामाडोल भएको भन्ने हल्ला साँचो नभएको बताए । अहिले पनि प्रत्येक बर्ष ८ प्रतिशत फिल्म सफल भएको दावी गर्दै यसको आधारमा नेपाली चलचित्र उद्योग फष्टाईरहेको भन्न सकिने तर्क गरे । नराम्रा फिल्म असफल हुन स्वभाविक रहेको भन्दै उनले राम्रा चलचित्र सफल भईरहेको दावी गरे ।

कार्यक्रमा फिल्मका कलाकारले एलब्ममा समावेश पाँचै गीतको लाइभ प्रस्तुति समेत दिएका थिए ।

फिल्म जेठ २ मा देशभर प्रर्दशनको तयारीमा छ ।

For More videos Log on to Mazzako TV