मज्जाको अनलाइन, बैशाख ६, आइतवार २०७२, काठमाडौँ ।

चललचित्र ‘लक्ष्य’ निर्मानको घोषणा गरिएको छ। चलचित्रमाअनु शाह मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकी छिन् ।

मिलन आले मगरको निर्देशनमा तयार हुन लागेको फिल्म ‘लक्ष्य’ले शनिबार डिल्लीबजारमा औपचारिक कार्यक्रम गर्दै फिल्मको घोषणा गरेको हो। मिलनले यसअघि ‘कबाडी’ नामक फिल्म निर्देशन गरेका थिए, जुन प्रदर्शनको पालो पर्खेर बसिरहेको छ।

Anu Shahफिल्ममा अनुको जोडीको रुपमा सविन श्रेष्ठले अभिनय गर्ने छन्। घोषणा कार्यक्रममा अनु शाह उपस्थित भए पनि सविन श्रेष्ठ भने देखिएनन्। सविन ‘भाग सानी भाग’को सुटिङमा राजधानी बाहिर भएकाले कार्यक्रममा उपस्थित नभएको निर्माण युनिटले जानकारी गरायो ।

देशका लागि केही गर्ने लक्ष्य लिएर अगाडि बढ्ने पात्रको कथामा निर्माण हुने फिल्ममा सविन र अनुसँगै भानुप्रताप, कमल आले, उत्तम केसी, सारिका केसी, सुरेन बस्याल आदि कलाकारको अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV