मज्जाको अनलाइन, बैशाख ६, आइतवार २०७२, काठमाडौँ ।

नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा ‘सपना’ नामक चलचित्र सर्वोत्कृष्ट भएको छ ।

जीवन अधिकारीले निर्माण गरेको उक्त चलचित्र नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आईतवार साँझ आयोजित समारोहमा प्रथम घोषित भएको हो । सो चलचित्रलाई रु एक लाख पचास हजार नगद र प्रशंसा पत्र प्रदान गरियो ।

Nepal-Armyद्वितीय हुने ‘ए फर आर्मी’ लाई रु। एक लाख तथा तेस्रो स्थान हासिल गर्ने ‘माटोको माया’ रु। ५० नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरियो । प्रतियोगितामा १६ चललिचत्रले भाग लिएका थिए ।

समारोहमा प्रधानसेनापति गौरवशम्शेर राणाले प्रतियोगिताका उत्कृष्ट चलचित्र तथा नेपाली सेनाद्वारा प्रकाशित ‘सिपाही वार्षिक २०७१ अङ्क ४८’ र ‘शिवपुरी जर्नल–२०१४ अङ्क १६’ का उत्कृष्ट लेखकलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

‘सिपाही वार्षिक २०७१’ तथा ‘शिवपुरी जर्नल–२०१४’ मा प्रकाशित लेखमध्ये सहायक रथी इश्वर हमालको उत्कृष्ठ ठहरिएको छ ।

For More videos Log on to Mazzako TV