मज्जाको अनलाइन, बैशाख ५, शनिवार २०७२, काठमाडौं । 

इभाना मानन्धर ‘मिस नेपाल- २०१५’को ताज पहिरिन सफल भएकी छिन् । शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धीलाई उछिन्दै इभानाले मिस नेपालको ताज पहिरिएकी हुन ।

Evana Manandherकार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् ।

हिडेन ट्रेजरले काठमाडौंमा आयोजना गरेको फाइनलबाट बिजेता बनेकी ‘मिस नेपाल- २०१५’ मानान्धरले ‘मिस वर्ल्ड-२०१५; मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस नेपाल-२०१५’ उपाधि विजेता इभानालाई मिस नेपाल २०१४ सुविन लिम्बूले क्राउन लगाइदिइन् ।

फर्स्ट रनर अपको उपाधि दिव्यता वैद्यले जितिन् भने सेकेन्ड रनर अपको उपाधि मेधा कोइरालाको पोल्टामा पर्‍यो ।’मिस नेपाल- २०१५’ को अन्तिम प्रतिस्पर्धामा १९ जना छानिएका थिए ।

को हुन् इभाना ?

‘मिस नेपाल-२०१५’ मा सहभागिता जनाउन अमेरिकाबाट काठमाडौं आएकी प्रतिस्पर्धी हुन् इभाना । अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा इभाना मानन्धर ५ फिट ४ इन्च अग्ली छिन् ।

इभानाले अमेरिकामै मार्केटिङमा स्नातक गरेकी छिन् । गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् ।

For More videos Log on to Mazzako TV