मज्जाको अनलाइन, बैशाख ५, शनिवार २०७२, काठमाडौं ।

सङ्गीतकार टीका भण्डारीद्वारा सङ्गीतबद्ध नौ एल्बम शनिवार राजधानीमा एकैसाथ विमोचन भएको छ । आठ गीतिएल्वम र एउटा प्यारोडी रिमिक्स गरी नौ वटा एल्बमको पूर्व प्रधानमन्त्री एवम् नेकपा(एमाले)का नेता tika-bhandariमाधवकुमार नेपालले विमोचन गरे।

विमोचित हुने एल्वममा देश, मायाको सहर, रोजाई, मन, समय–२, स्वर–सङ्गीत, वेष्ट अफ टीका भण्डरी, इतिहास, प्यारोडी रिमिक्स–नयाँ नेपालजात्रा रहेका छन् ।

एल्बम बिमोचन पछि नेता नेपालले नेपाली गीतसङ्गीत र चलचित्रले भारतीयसँग प्रतिस्पर्धा गरी उछिनेको आफूले हेर्न चाहेको बताए ।

उनले राज्य र समाजलाई एकताको सुत्रमा बाँध्ने माध्यम गीतसङ्गीत रहेको चर्चा गर्दै त्यसका लागि वातावरण बनाउन सङ्गीतकर्मीहरुलाई आग्रह गरे।

नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका उपकुलपति शम्भुजित बास्कोटाले सङ्गीतकार भण्डारीको कडा मिहिनेत र लगावकै कारण एकै पटक नौ वटा एल्वम् बजारमा ल्याउन सकेको चर्चा गरे ।

एल्वम्मा लोक, पप, आधुनिक गीत रहेको तथा सबै एल्वम्मा कम्तीमा एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत समावेश गरेको सङ्गीतकार भण्डारीले बताए ।

For More videos Log on to Mazzako TV