मज्जाको अनलाइन, बैशाख ५, शनिवार २०७२, काठमाडौं ।

drama_भोलीदेखी राजधानीमा राष्ट्रिय नाट्य महोत्सव–२०७२ हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सव ८गते सम्म चल्ने छ ।

महोत्सवमा देशका विभिन्न स्थानका ७ वटा नाटक देखाइने छ । सबै नाटकहरु नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा देखाइने छन् ।

महोत्सवका लागि छनोट भएका नाटकमा नारायणी कला मन्दिर, चितवनको ‘सकस’, झोराहट नाट्य समूह, मोरङको ‘धुपेनको धुइयाँ’, चेतना नाट्य समूह, इलामको ‘पथिभरा देवीको उत्पति’, तरङ सांस्कृतिक परिषद्, हेटौंडाको ‘मान्छे बन्ने रहर’, सुम्निमा थिएटर एकेडेमी, ललितपुरको ‘सुम्निमा’, आरोहण, विराटनगरको ‘आब कोना चलब’ र मिथिला नाट्यकला परिषद्, जनकपुरको ‘छुतहा घैल’ छन् ।

For More videos Log on to Mazzako TV