मज्जाको अनलाइन, बैशाख ५, शनिवार २०७२, काठमाडौं ।
काठमाडौँ  – आज मातातीर्थ औँसी । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ ।

प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आफुलाइ जन्म दिने ममताकी खानी आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँद आइएको छ।

यस दिन बिहानै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

पौरानिक कथा
श्री स्वस्थानी व्रतकथाअनुसार यस तीर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । उक्त स्थानमा शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।

प्रचलित किंवदन्तीमा भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीयवासीले आक्रमण गरे । उनीहरूबीचको घमासान युद्धका कारण दुवै पक्ष आकुल व्याकुल बन्न पुगे । उक्त समयमा सीतालाई प्यास लाग्यो ।

पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै गङ्गाजीको स्तुति गर्दै तीनपटक मन्त्र उच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बनेको भनाई छ । त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउइन । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो ।

किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नराखी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्किन नमानी आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाएर फर्काइछन् । त्यसै बेलादेखि यस ठाउँको नाम मातातीर्थ रहेको हो ।

अतुल्य ममताको

आमा श्रृष्टिकर्ता हुन । प्रत्येक सन्ततिको पहिलो अधिकार आमामा नै हुन्छ । आमाले आफ्ना सन्ततिलाई यस्तो माया दिन्छिन जसको मापन गर्ने कुनै एकाई छैन । आफु मरेर पनि सन्तलाई आमाले बचाएका कैयन उदारणहरु हामीसँग छन । सन्तानप्रतिको आमाको मायाको गहिराईलाई शब्दको माध्यमबाट अलिकति पनि व्याख्या गर्न सकिदैन । आमाको महिमालाई निश्चल दाहालको शब्द र अमित बिष्टको यो गीतले पनि धेरै हदसम्म दर्शाउछ ।

हेरौं भिडियो :

 

For More videos Log on to Mazzako TV