मज्जाको अनलाइन, बैशाख ४, शुक्रवार २०७२, काठमाडौं । 

काठमाडौँ – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा राष्ट्रिय शोक घोषणा भएकाले मिस नेपाल २०१५ को फाइनल सरेको छ। आयोजकले प्रतियोगिताको लागि तोकिएको फाइनलको मिति आज भए पनि सारे भोली शनिवारका लागि तोकेको हो ।

Miss Nepal Cometitorsप्रतियोगिताको आयोजक द हिडेन ट्रेजरकी इभेन्ट म्यानेजर प्रिति सिटौलाले राष्ट्रिय शोक घोषणा भएको अवस्थामा राष्ट्रिय इभेन्टकै रुपमा रहेको मिस नेपाल स्थगित भएको बताइन्।

मिस नेपाल प्रतियोगितामा १९ देखि २४ वर्ष उमेर पुगेका तथा ५ फिट ४ इन्च उचाइ र प्लस टु पास गरेका युवतीहरुले भाग लिन पाउँछन्।

मिस नेपाल प्रतियोगिताको विजताले मिस वर्ल्डमा भाग लिन पाउँछन्। विजेताले १ लाख पुरस्कार र मिस नेपाल अर्थ-फस्ट रनरअपले ६० हजार र मिस नेपाल इन्टरनेसनल सेकेण्ड रनअरले ४० हजार पुरस्कार पाउनेछन्।

For More videos Log on to Mazzako TV