मज्जाको अनलाइन, बैशाख, बिहिवार २०७२, काठमाडौं ।

विराटनगरकी प्रियङ्का श्रेष्ठले पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता नेपाल आइस मिस पूर्वाञ्चल २०१५ को उपाधि हात पारेकी छन् ।

Itahari-miss

प्रियङ्का श्रेष्ठ (बीचमा) र मिस ट्यालेण्ट तथा फष्ट रनरअप अनु राई र सेकेण्ड रनरअप प्रमिशा बज्राचार्य

‘फेसबुकमार्फत साथी बनेकाहरु बिहे गरेका छन् यसलाई तपाईं के भन्नुहुन्छ ?’ भन्ने मुख्य निर्णायक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा विक्रमप्रसाद श्रेष्ठले सोधेको प्रश्नमा उनले जवाफ थियो ,’ मेरो विचारमा बिहे गर्न विचार मिल्नुपर्छ, एकअर्कामा विश्वास र सम्मान हुनुपर्छ, त्यसो भयो भने जुनसुकै सामाजिक सञ्जालबाट पनि मानिसको बिहे हुन सक्छ ।’ यो उत्तरले नै उनलाई मिस पूर्वाञ्चलको ताज दिलायो ।

चार्टर एकाउन्टेन्सी अध्ययन गरिरहेकी प्रियङ्काले ‘मिस पब्लिक च्याइस टाइटल’सहित उपाधि जितेर यामाहाको स्कुटी र हङ्कङ यात्राको अवसरसमेत प्राप्त गरेकी छिन् । विजेताले होटल एसोसिएसन अफ भेंडेटारको सद्भावना दूत, आसरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकपको पनि सद्भावना दूत बन्ने अवसर पाइन् ।

उपाधि जितेपछि खुसी व्यक्त गर्दै उनले सामाजिक कार्यमा लाग्न उत्साह थपिएको बताइन् । उनले मोडलिङसँगै पूर्वको पर्यटन प्रवद्र्धनमा सक्रिय बन्ने इच्छा पनि जाहेर गरिन् ।

त्यस्तै, धरानकी अनु राईले मिस ट्यालेन्टसहित फस्ट रनर अप बन्दै नगद रु ४० हजार र बैंकक टुरको अवसर पाइन् । सेकेन्ड रनर अप बनेकी झापा दमककी प्रमिसा बज्राचार्यले नगद रु ३० हजार र पोखरा भ्रमणको अवसर पाइन् ।

सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा लेटाङ मोरङकी साइरा मगर मिस चार्मिङ, चन्द्रगढी झापाकी सञ्जु मल्ल ठकुरी मिस पर्सनालिटी, इटहरीकी मिसाल श्रेष्ठ मिस फ्रेन्डशीप, केराबारी मोरङकी सामुना लिम्बू मिस फोटोजेनिक र धरानकी शरुपा थापामगर मिस वेष्ट वाक घोषित भएका छन् ।

सबै सवटाइटल विजेताले जनही नगद रु १० हजार र उपहार पाएका छन् । प्रतियोगितामा १४ प्रतिस्पर्धी थिए ।

For More videos Log on to Mazzako TV