मज्जाको अनलाइन, बैशाख २, बुधवार २०७२, काठमाण्डौं ।

गायक रेवत राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा समावेश ‘चार धाम घुमी आए भन्छौ’ बोलको गीतको भिडियो छायांकन गराएका हुन् ।

rewat-raiराजधानीस्थित गोठाटारको कृष्णमन्दिर, जोरपाटीको शिवमन्दिर र पशुपतिनाथस्थित गुहेश्वरी आसपास भिडियोको छायांकन भएको हो ।

rewat-1भिडियोलाई निर्देशक तथा भिजे दिनेश डि.सीले निर्देशन गरेका हुन् । गीतमा नायिका निता ढुंगाना र अनुप योङचारको अभिनय गरेका छन् ।

rewat-1 विरेन्द्र राईको शब्द रहेको यो गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । गीतबाट राम्रो प्रतिक्रिया मिलेपछि भिडियो बनाएको गायक राईले बताए । उनले आउने जेठसम्ममा भिडियो रिलिज गरिसक्ने बताए ।
rewat-2

rewat-rai4

 

rewat3

For More videos Log on to Mazzako TV