मज्जाको अनलाइन, बैशाख २, बुधवार २०७२, काठमाडौं ।

पोखराको लोकप्रिय सांगीतिक समुह ‘कन्दरा’ करिव ८ वर्षपछि पुनः स्रोता /दर्शक माझ आउने भएको छ । लोक पप गीतका कारण स्रोता /दर्शकको रोजाइमा परेको यो समुहले पुनः एक पटक लोक–पप शैलीका गीतमार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गर्न लागेको हो ।

Bhedi Gotha maयसैक्रममा कन्दराले आफ्नो नयाँ एल्बमको नयाँ गीत ‘भेडी गोठैमा’ को ज्याम अप भर्सन यूट्युबमार्फत सार्वजनिक गरेको छ । यूट्युबमा भिडियो हेरेर दर्शकहरुबाट प्रँप्त हुने प्रतिक्रिया अनुसार गीतको एरेञ्जमेन्ट तथा रेकर्डिङ गर्ने तयारी भैरहेको स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देशक आशिष पराजुलीले स्पष्ट पारेका छन् । नयाँ एल्बममा ८ गीत समावेश गरिनेछ ।

यसपटक कन्दरालाई स्रोता /दर्शक माझ प्रस्तुत गर्ने जिम्मा स्टेरियो रेकर्ड्सले लिएको छ । स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देशक पराजुलीका अनुसार ‘कन्दरा’ को पाँचौ एल्बम आगामी जेठको अन्तिम साता काठमाडौंमा सार्वजनिक गरिदैछ ।

Kanara Bandविगतमा पाँच जना संगीतकर्मीहरु आवद्ध यो ब्याण्ड यतिबेला तीन जना संगीतकर्मीहरु सहित स्रोत दर्शक माझ आउन लागेको हो । ब्याण्डमा गायक विवेक श्रेष्ठ तथा दुई जना संगीतकर्मीहरु सुनिल थापा तथा बोधराज बज्रँचार्य आवद्ध छन् ।

२१ वर्षअघि पोखरामा स्थापना भएको यो ब्याण्डले विगतमा थुप्रै लोकप्रिय गीत दिइसकेको छ । ‘कन्दरा’ ब्याण्ड ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता लोकप्रिय गीतका कारण चर्चामा आइसकेको छ ।

For More videos Log on to Mazzako TV