मज्जाको अनलाईन, बैशाख १ गते, मंगलबार, २०७२, काठमाण्डौं ।

नायिका पुजा शर्माको लाली जोवनले ‘चंखे’, ‘शंखे’ अनि ‘पंखे’ तीनै जनालाई निकै तनाव दिएको छ । यो कुरा भिडियो हेर्दा पनि प्रष्ट हुन्छ । ‘चंखे’, ‘शंखे’ अनि ‘पंखे’ बनेका सुर्दशन थापा, सुवास थापा र प्रेम पुरी नायिका पुजाकै वरिपरि घुमी घुमी भन्छन्, ‘कुन स्वर्ग लाई पारेर शुन्य धर्तीमा झर्यौ नि’ ।

chankhe
२०७२ सालका प्रतिक्षित सिनेमाहरु मध्येको बिग बजेटको सिनेमा ‘चंखे शंखे पंखे’को पार्टी सङ रिलिज भएको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरुले मज्जाले कम्मर मर्काएको देख्न सकिन्छ ।  सार्वजनिक गरिएको यस गीतमा डा.कृष्णहरी बरालको शब्द छ भने संगीत तारा प्रकाश लिम्बुको हो । यस गीतमा आवाज भने सन्तोष लामा र मिलन अमात्यले दिएका छन् । गीतको कोरियोग्राफी गोविन्द राईले गरेका हुन् ।


सुर्दशन थापाको निर्देशनमा बनेको सिनेमा ‘चंखे शंखे पंखे’ जेठ १ देखि अलनेपाल रिलिज हुनेछ । कमेडी सँगै राष्टियताको कथा उठान गरेको यस सिनेमाले प्रोमोबाट पनि निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । चलचित्रलाई सन्तोष सेनले बनाएका हुन् ।

For More videos Log on to Mazzako TV