मज्जाको अनलाइन, चैत्र ३०, सोमवार २०७१, काठमाडौं ।

चलचित्रमा ‘नोभेम्बर रेन’का सफल जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठले सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा पुन : रोमान्स गर्ने भएका छन ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र क्लासिकको औपचारिक निर्माण घोषणा गरिएको छ । यस अघि चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेको यूनिटले यस चलचित्र निर्माण गर्न लागेको हो ।

Classic-Announceचलचित्रको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दैं चलचित्रका निर्देशक दिनेश राउतले नोभेम्बर रेन भन्दा पनि क्लासिक उत्कृष्ट बनाउने दाबी गरे । चलचित्रमा सुवास गिरी र कमल गिरीको लगानी रहनेछ ।

बैशाख १५ गतेबाट छायांकन सुरु हुने बताइएको यस चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चलचित्र क्लासिक माघ २९ गते प्रदर्शन गरिने पनि औपचारिक जानकारी दिइएको छ ।

साँगंतिक प्रेमकथामा आधारित भएर निर्माण हुने यस चलचित्रमा आर्यन र नम्रताको अलवा समुना केसी, प्रज्वल सुजल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह लगायतका कलाकारहरुको अभिनय रहने छ ।

For More videos Log on to Mazzako TV