मज्जाको अनलाइन, चैत्र ३०, सोमवार २०७१, काठमाडौं ।

नायक रेश महरठ्ठाले प्रेमिका आश्मी अधिकारीसँगइन्गेजमेन्ट गरेका छन् । नायक मरठ्ठा र अधिकारी बीच गत शनिबार इन्गेजमेन्ट भएको हो । राजधानीको हिमालय होटलमा सिमित निम्तालुको उपस्थितीमा मरठ्ठाले औंठी साठेर प्रेमिकालाई दुलही बनाउने पक्का पक्की गरे ।

resham_and_aashmiझण्डै एक दशक बढी अगाडी फिल्म नगरीमा प्रवेश गरेका नायक मरठ्ठाको इन्जेगमेन्टमा फिल्म क्षेत्रका व्यक्तिलाई भने निम्तो दिएका थिएनन् ।विगत ३ बर्षदेखि प्रेममा रहेका उनीहरुले आउँदो वर्षको अन्त्य सम्ममा बिहे गर्ने योजना बनाएका छन् ।

झण्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेका नायक रेश मरठ्ठाले ‘च्यालेञ्ज’ नामक  फिल्म निर्माण गरेका छन् । तर, यो फिल्म लामो समय देखि पोस्ट प्रोडक्सनमै अल्झिएको छ ।’ रेश अभिनित पछिल्लो फिल्म ‘मिसन पैसा २’ यसै वर्ष प्रदर्शनमा आएको थियो ।

For More videos Log on to Mazzako TV