मज्जाको अनलाइन, चैत्र ३०, सोमवार २०७१, काठमाडौं ।

चर्चित भारतीय गायक मिका सिंहले एक डाक्टरलाई झापड हानेपछि फेरी चर्चामा आएका छन्। दिल्लीमा आयोजित एक कार्यक्रम उनले  डाक्टरलाई स्टेजमा लगेर झापड हाने पछि यो प्रकरण बाहिर आएको हो ।

Mika Singh slaps a doctorशनिबार कार्यक्रममा आफ्ना एकसे एक चर्चित गीत पस्केर मनोरञ्जन दिइरहेका मिकाले कार्यक्रममा पुरुष दर्शकलाई दाँयाबाँया र महिला दर्शकलाई बिचमा बस्न आग्रह गरेका थिए तर एक पुरुष डाक्टर पटक पटक सम्झाउँदा पनि महिलाको हुलमा नाचे पछि रिसाएका उनले झापड नै हान्न पुगे ।

मिकाको उक्त प्रकरणको भिडियो समेत सार्वजनिक भएको छ । झापड हानिसकेपछि मिकाले ती डाक्टरलाई ‘आफ्नी आमा, दिदीबहिनीलाई यसै गर्छस? ’ भनेको उक्त भिडियोमा सुन्न सकिन्छ।

मिकाको सो हर्कतपछि त्यहाँ उपस्थित डाक्टरहरु मिका र उनका अंगरक्षकसँग भिड्न तयार भएका थिए तर पुलिस हस्तक्षेप गरेपछि कुनै अप्रिय घटना भने हुन् पाएन।

मिकाको झापड खाएका ती डाक्टरले यो घटनालाई लिएर मिका विरुद्द दिल्लीको इन्द्रपुरी पुलिस चौकीमा उजुरी समेत गरेका छन ।
भिडियोमा हेरौ मिकाको चर्तिकला :

– एजेन्सी

For More videos Log on to Mazzako TV