मज्जाको अनलाइन, चैत्र २९, आइतवार २०७१, काठमाडौं ।

समाचारको शीर्षक झट्ट हेर्दा लाग्न सक्छ एउटा गीतले कसरी तीन तीन जनको पहिचान नै बदल्न सक्छ ? तर, विभिन्न पेशामा स्थापित भईसकेका तीन जनाको भूमिका फेरिएको चाँही सही नै हो ।

3 whose role changedआफ्नै पहिचान भएका सन्तोष श्रेष्ठ, सनम कठायत र डिबी खड्काले भावना कोइरालाले लेखेको, सन्तोष श्रेष्ठको संगीत र प्रमोद खरेलद्वारा स्वरबद्ध गीत‘बाट यी तीनै जनाले आफ्नो भूमिकामा बद्लाव ल्याउन लागेका हुन ।

अहिले सम्म सन्तोष नेपाली सुगम संगीतमा जमिरहेका संगीतकार हुन्, सनम म्युजिक भिडियोमा ब्यस्त मोडल र डिबी खड्का शुक्रवार साप्ताहिकमा आवद्ध पत्रकार हुन।

तर सन्तोष मोडल, सनम गायक र डिबी खड्का निर्देशक बनेका छन । गीत‘मुटु जलाईुमा यी तीन फरक भूमिकामा देखिएका हुन्। संघर्षरत गायकको कथालाई लिएर बनाइएको भिडियोमा सन्तोषले संगीतकारकै रुपमा अभिनय गरेका छन् भने मोडल सनमले गायकको भूमिकामा। उक्त म्युजिक भिडियो डिबीले निर्देशन गरेका हुन्।

ममता धामी र पदमराज शर्माले समेत अभिनय गरको म्युजिक भिडियोलाई छायांकार ज्ञानेन्द्र शर्माले खिचेका हुन्। अर्जुन पोखरेलले सम्पादान गरिरहेको र डा. अजित शाहले प्रस्तुत गरेको उक्त भिडियो वैशाख १ गते सार्वजनिक हुने छ।

For More videos Log on to Mazzako TV