मज्जाको अनलाइन, चैत्र २८ शनिवार २०७१, काठमाडौ ।

नेपाली चलचित्र नगरिमा फिल्म ‘रेशम फिलिली’को जालमा‘ बोलको यतिबेला चर्चाको शिखरमा छ । कालीप्रसाद बास्कोटाको संगीत रहेको यो गीतबाट प्रभावित भएर स्वदेश एवं विदेशमा बसेका नेपालीले भिडियो निर्माण गर्ने र आफ्नै स्टाईलले गाउने क्रम जारी छ ।

Indina Singer

सामाजिक संजाल युट्वियुमा अहिलेसम्म १९ लाख भन्दा बढी ‘हिट्स’ पाईसकेको यो गीतलाई पछिल्लो पटक भारतीय गायक- गायिकाले समेत ‘रिमिक्स’मा गाएका छन् । भारतीय गायक गौरभ दगोन्कार र उपासना क्षेत्रीले रेशम फिलिलि‘को रिमिक्स गाएको भिडियो गायक गौरभले युटुबमार्फत् सार्वजनिक गरेका छन् ।

गीत भाइरल बनेपछि इन्टरनेटमा यसको नक्कल गर्ने र गीतमा थरीथरीका भिडियो निर्माण गर्ने क्रम तिब्र छ । तर, निर्माण पक्षले यो गीतको वास्तविक भिडियो भने अहिलेसम्म सार्वजनिक गरेको छैन् । यो गीतको भिडियो हेर्न फिल्मको रिलिज मिति बैशाख ११ सम्म कुर्नुपर्ने भएको छ ।

गीतको बास्तविक भिडियो हेर्नलाई बैशाख ११ सम्म कुर्नु परे पनि भारतीय गायक- गायिकाले गाएको ‘रिमिक्स’ चाँही कस्तो छ त ?

भिडियो हेर्रौ :

For More videos Log on to Mazzako TV