मज्जको अनलाईन, चैत्र २८ गते ।

नेपालमा रुचाईएको चलचित्र ‘बिर्खेलाई चिन्छस्’ लाई कतारबासी नेपालीहरुले पनि रुचाएका छन् । चलचित्र प्रर्दशनका लागि कतारको दोहा पुगेका निर्माता तथा नायक सुवास थापाले फिल्मलाई सबैले रुचाएको प्रतिक्रिया दिए ।

Subash 2

चितवन युवा समाजको ब्यवस्थापनमा दोहामा चलचित्रको शो आयोजना गरिएको हो । दोहामा दुई सो गरिएको यो चलचित्रको अष्ट्रेलियामा भने ८ सो हुनेछ । चलचित्रको प्रर्दशनका लागि आफ्नी पत्नी विनिता खड्का सहित दोहा पुगेका सुवास दोहाबाटै चलचित्र प्रर्दशनको लागि अष्ट्रेलिया तर्फ प्रस्थान गर्ने पनि जानकारी गराएका छन् ।

Subash 3

अष्ट्रेलियामा उनी एक महिना रहने  छन् । नेपाल प्रर्दशनबाट आफ्नो लगानी ‘सेभ’ गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’को बिदेशबाट उठेको रकम नाफा हुने चलचित्रका निर्माता थापाको भनाई छ ।

subash 5

अराज केशवको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘विर्खेलाई चिन्छस्’मा सुवासका अलावा उनकी पत्नी विनिता खड्का र नव नायिका आयुषा राईको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV