मज्जाको अनलाइन, चैत्र २७, शुक्रवार २०७१,काठमाडौ ।

संचारकर्मी बिकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थेउ’ बोलको गित भिडियो रिलिज गरिएको छ । अधिकांश भाग अष्ट्रेलियामा छायांकन भएको यो गितमा आकृती आचार्यले स्वर दिएकी छिन् भने टंक बुढाथोकीले संगित भरेका छन । यो गीतको भिडियोमा ‘सेन्टीमेन्टल थिम’ उठाइएको छ ।

Choddina Bhantauजिवन रसाइलीको निर्देशन रहेको भिडियोमा गायिका आकृती र रविन अधिकारीको अभिनय देख्न सकिन्छ । पैसाको लोभमा प्रेमिले छोडेपछि प्रेमिकाले पिँडा भोग्न बाध्य हुनु पर्ने दुख भिडियोले देखाउन खोजेको छ ।

Choddinabhantau2आफ्नो गायनको पहिलो प्रयासलाई धेरैले मनपराई दिएकोमा गायीका आकृती फुरुङ्ग छिन् । अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी काठमाडौकी २२ बर्षिया अचार्य उच्च शिक्षाको सिलसिलामा त्याहा पुगेकी हुन् ।

सानैदेखि गीतसंगीत प्रति आफ्नो रुचि रहेको उनले बताइन् । ‘अर्काे गित छिट्टै ल्याउने तयारीमा छु’, उनले भनिन ।

गीतको भिडियो हेरौं :

For More videos Log on to Mazzako TV