मज्जाको अनलाईन, चैत्र २७ गते, शुक्रबार, २०७१, काठमाण्डौं ।

‘रेशम फिलिली’ हलिउडको स्तरमा मेकिङ्ग भएको सिनेमा भएको निर्माता माधव वाग्लेले दावी गरेका छन् । यदि, आफ्नो चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन नदिए आईन्दा आफुलाई सहयोग नगर्न पत्रकारहरुसँग उनले अनुरोध समेत गरे । राजधानीमा विहिबार पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्रका बारेमा थुप्रै कुराहरुको जानकारी गराईएको छ ।

Resam Filili 1
अझ रमाईलो कुरा त के भन्दा, चलचित्रका निर्माता वाग्लेका अनुसार ‘रेशम फिलीली’ कमेडी जनराको अहिलेसम्मकै उत्कृष्ट सिनेमा हो रे । त्यस्तै चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठले पनि चलचित्रलाई लिएर निकै उत्साहित भएको बताए । ‘बैशाख ११ कहिले आउला जस्तो भाको छ’, विनयले भने, ‘आजकाल राम्रोसँग निन्द्रा पनि लाग्दैन, निन्द्रा लागिहाले पनि सपनामा फिल्म ब्लकबष्टर भएको नै देख्छु’ । चलचित्रकी नायिका मेनुका प्रधानले उत्कृष्ट टिमसँगको कामले उत्कृष्ट नजिता निक्लने विश्वास ब्यक्त गरिन् । त्यस्तै अर्का कलाकार विनयका अनुसार चलचित्र हेर्न आएका दर्शकले साढे २ घण्टा बितेको पत्तो नै पाउने छैनन् ।

Resam Filili 3

यता, म्युजिक भिडियोबाट सिनेमा निर्देशन गर्न आएका निर्देशक प्रणव जोशीले आफ्नो लागि ‘रेशम फिलिली’ ठुलो चुनौती भएको बताउदै सबैलाई सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

Resam Filili 2
चलचित्र युनिटले पत्रकारहरुसँगको भेटघाटमा चलचित्रका बारेमा थुप्रै जिज्ञासाहरु मेटाउने प्रयास गरेको थियो । त्यस्तै चलचित्रको प्रिमियर आयोजना गरेर उठेको रकमबाट बालबालिकालाई शैक्षिक सहायता प्रदान गर्न लागेको जानकारी पनि गराएको छ । कार्यक्रममा गैरनाफामुलक संस्था ‘रोज फाउन्डेसन’सँग फिल्मले सहकार्य गर्न लागेको बताईएको छ ।

Resam Filili 4

काठमाण्डौं शहरमा हण्डर खाएर आजित बनेका दुई युवा रेशम र हरियाको सुख दु:ख, मित्रता र संघर्षलाई चलचित्रमा मनोरञ्जनात्मक हिसाबले देखाउने कोशिष गरिएको छ । आफ्नो दैनिक जीवनका समस्याहरु क मगर्न उनीहरुले बनाएको योजना र त्यसमा खलनायकको हस्तक्षेपभित्र सिनेमा घुमेको छ ।

चलचित्रमा वैदिशिक रोजगार कम्पनीहले युवाहरुलाई दिएको समस्यालाई पनि हेर्न पाईनेछ । चलचित्र यही वैशाख ११ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउदैछ । कमेडी सिनेमा रेशम फिलिलीको गीत संगीत यतिबेला बजारमा निकै हिट छ । सिनेमामा कालीप्रसाद बाँसकोटाले संगीत दिएका हुन् ।

भिडियो हेरौं ।

For More videos Log on to Mazzako TV