मज्जाको अनलाइन, चैत्र २६, बिहिवार, २०७१, काठमाडौं ।

लोकतन्त्र दिवशका अवसरमा रिलिजको तयारीमा रहेको फिल्म ‘जन्मभूमि’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जन्मभूमी’ बैशाख ११ गतेबाट अलनेपाल रिलिज हुँदैछ । janmabhoomi-movie-1

फिल्ममा राष्ट्रप्रेम, राष्ट्रिय भावना, सामाजिक–राजनैतिक अतिक्रमण, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्ष समेटिएको निर्देशक मोहन निरौलाले वताएका छन् । ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु । हेरौ कतिको सफल हुन्छु’, ट्रेलर सार्जजनिक भए पछि निर्देशक निरौलाले यस्तो प्रतिक्रिया दिए ।

फिल्ममा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम  केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बि एस लामीछाने र मोहन निरौलाको मुख्य भुमिका रहेको छ ।

janmabhoomi-movieफिल्ममा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् भने युवराज राईको छायाबकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमी रहेको छ ।
हेर्नुहोस भिडियो :

For More videos Log on to Mazzako TV