मज्जाको अनलाईन, चैत्र २५ गते बुधबार, २०७१, काठमाण्डौं ।

जितु नेपाल ‘मुन्द्रे’ फेसबुकमा आफ्नै नामको फेक आईडी बनाउनेहरुदेखि निकै दिक्क भईसकेका रहेछन् । उनले आफ्नो तस्वीर राखेर फेक आईडी बनाउनेहरुप्रति आक्रोश पोखेका छन् । आफ्नो तस्वीर राखेर बनाइएका आईडिहरु मार्फत आफ्ना फ्यानहरुलाई जथाभावी गलत म्यासेज पठाउने आईडीहरु बन्द नगरिए प्रहरी समक्ष पुग्ने पनि चेतावनी दिएका छन् ।

Jitu Nepal Mundrae

‘मुन्द्रे’ले आफ्नो अफिसियल फेसबुक एकाउन्टमा मंगलबार राती स्ट्याटस लेख्दै यदि आफ्नो फोटो राखेर मानिसहरुलाई जथाभावी गलत म्यासेज पठाएमा हनुमान ढोका सम्म पुग्न सक्ने भनि चेतावनी दिएका छन् । मुन्द्रेका अनुसार ‘बब हार्ट’ नामको आईडीमा उनको तस्वीर राखेर जथाभावी म्यासेज पठाईएको छ । सो कुराको खेद प्रकट गर्दै मुन्द्रेले फेसबुकमा यस्तो चेतावनी दिएका छन् ।

Jitu Nepal 1

For More videos Log on to Mazzako TV