मज्जाको अनलाईन, चैत्र २३ गते, सोमबार, २०७१, काठमाण्डौं ।

Resam Filili

चलचित्र ‘रेशम फिलिली’को ट्रेलरलाई दर्शकले निकै रुचाईरहेका छन् । आउँदो वैशाख ११ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेशम फिलिली’को अफिसियल ट्रेलरलाई अहिलेसम्म एक लाख छ हजार पटक भन्दा बढी बढीपटक हेरिईसकेको छ ।

तीन मिनेट पाँच सेकेन्ड लामो ट्रेलरमा हाँस्यब्यंग्य सहितको रमाईलो ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु विनय श्रेष्ठ, कामेश्वर चौरासिया, मेनुका प्रधान, अरुण रेग्मी लगायतलाई फिचर गरिएको छ । त्यस्तै चलचित्रको गीत जालमाको अडियोलाई १८ लाख बढीले हेरिईसकेका छन् ।

प्रनव जोशी निर्देशित फिल्म ‘रेशम फिलिली’ भि मोसन पिक्चर्स र प्रिन्सेस मुभिजको ब्यानरमा बनेको सिनेमा हो । चलचित्रमा माधव वाग्लेले लागनी गरेका छन् ।

For More videos Log on to Mazzako TV