मज्जाको अनलाईन, चैत्र १७ गते, मंगलबार, २०७१, काठमाण्डौं ।

DSC_0173

झण्डै दश वर्षको ग्याप पछि ‘चकलेटी’ नायक रमेश उप्रेती अब बोल्ड भएर चलचित्रमा फर्कदैछन् । उनी चलचित्र ‘ब्रासलेट’बाट पुन रजतपटमा फर्कन लागेका हुन् । आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सो कुरा जानकारी गराईएको हो ।

DSC_0127

चलचित्र ‘ब्रासलेट’लाई केशव भट्टराईले बनाउन लागेका हुन् भने निर्देशन निर्मल शर्मा ‘गैंडा’ को रहनेछ । २०५४ सालमा ‘पराइ घर’ बाट नेपाली फिल्ममा अभिनय यात्रा प्रारम्भ गरेका उप्रेतीले फिल्मलाईनबाट १० बर्ष टाढा भएपनि पुन फिल्मको मोहले आफुलाई तानेकोले गर्दा अमेरिकाबाट नेपाल फर्केर आएको बताए । ‘चकलेटी’ हिरोको रुपमा दहरिएर नाम र दाम दुबै कमाएका रमेशले अब भने आफु बोल्ड भुमिकामा देखा पर्न लागेको समेत जानकारी गराएका छन् । उनले भने ‘पहिला चकलेटी थिएँ, अहिले बोल्ड बनेर फर्किएको छु । ब्रासलेटमा एउटा श्रीमानदेखि अफिसर सम्मको भूमिका छ ।’

DSC_0156

अमेरिकाको ग्रिन कार्ड समेत लिएका उनी गत साल मात्रै पत्नी सहित नेपाल पुनरागमन गरेका हुन् । चैतको अन्तिमदेखि छायाँकन सुरु हुने यो फिल्ममा नायक रमेश उप्रेती केन्द्रिय भूमिकामा प्रस्तुत हुनेछन् । उनीसँगै यो फिल्ममा कलाकारहरु रजनी केसी, नम्रता सापकोटा, रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, विनोद भट्टराई, राजु बजाज लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

DSC_0075

फिल्म ‘शो सिम्पल’ पछि निर्माता केशव भट्टराईले ७ औं फिल्मको रुपमा ‘ब्रासलेट’ निर्माणमा फर्किएका हुन् भने निर्देशक निर्मल शर्मा गैडाको भने यो दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले चकलेट नामको चलचित्र निर्देशन गरेर निर्देशकको बिल्ला भिर्न भ्याएका हुन् । चलचित्र ब्रासलेटमा तारा प्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको छ ।

DSC_0121

DSC_0078

DSC_0165

DSC_0182

For More videos Log on to Mazzako TV