पशुपति शर्माले ज्योती मगरलाई भने, ‘लाजपचेकी उत्ताउली भई यो बेईज्जती ज्योती’ (भिडियो)
मज्जाको अनलाईन, चैत्र १६ गते सोमबार, २०७१, काठमाण्डौं ।
“भाले बन्न खोज्छे, भएर नी पोथी
लाजपचेकी उत्ताउली भई यो बेईज्जती ज्योती”
यति मात्र पशुपतिले बे भनेका थिए ज्योती पनि के कम, उनले पनि जवाफ फर्काई हालिन् ।
“यही लुगा नी लामो भो, अझै छोटो किन्छु,
काले, तिम्लाई बालै भो र, चैन गर्दै हिड्छु”
लोक गायक पशुपति शर्मा र गायिका ज्योती मगर बीच निकै चर्काचकी नै पर्यो । एक अर्काको बारेमा विभन्न आरोप प्रत्यारोप पनि भयो तर दोहोरीमा ।
गायक पशुपति शर्मा र ज्योती मगरले गाएको यो दोहोरी यतिबेला निकै हिट बन्दै गईरहेको छ । हुन त यसै पनि ज्योती मगरलाई छोटो लुगा लगाएर स्टेजमा उत्तेजक हर्कत देखएरै हिट भएको भन्ने आरोप पनि लाग्ने गरेको छ । गीतको माध्यमबाट उनले आफुलाई त्यो कुराले कुनै प्रभाव नपार्ने पनि बताएकी छिन् ।
गीतमा आफुलाई छोटो लुगा नलगाउन आग्रह गरेका पशुपति शर्मालाई उल्टै ज्योतीले भन्न भ्याएकी छिन्, ‘केटा मान्छे भएर पनि तीजको गीतमा नाचेर हुन्छ ?’ ज्योती मगरले भर्खरै सार्वजनिक गरेको यस गीतमा दुईजनाले एक अर्कालाई मज्जाले कटाक्ष हान्न भ्याएका छन् ।
पुशपति शर्माकै लय, शब्द र संकलन रहेको यस गीतलाई आशिष म्युजिकले बजारमा ल्याएको छ । भिडियोमा पशुपति शर्मा र ज्योतिले अभिनय गरेका छन् । पछिल्लो समय स्वदेश तथा बिदेशमा हुने सांगीतिक कार्यक्रममा छोटा कपडा लगाएर उत्तजेक रुपमा प्रस्तुत भएका कारण ज्योति चर्चामा छिन् ।
ज्योती र पशुपतिको भनाभन यो भिडियोमा हेरौं ।
For More videos Log on to Mazzako TV