मज्जाको अनलाईन, चैत्र १३ गते, २०७१, काठमाण्डौं ।

Rajesh-and-madhu

महानायक राजेश हमाल र उनकी श्रीमती यतिबेला अमेरिकामा छन् । एन आर एनको कार्यक्रका लागि अमेरिका पुगेका हमाल दम्पत्तीले त्यहाँ स्थित ‘ह्वाईट हिमाल टेलिभिजन’सँग मज्जाले गफिन भ्याएका छन् । एक त कार्यक्रममा सहभागिता अनि अर्को, विवाहको १० महिना पछिको ‘हनिुम ट्रिप’ । अमेरिकाको बसाई हमाल दम्पत्तीको लागि निकै रमाईलो भईरहेको छ ।

टिभीको अन्तरवार्तामा हमाल दम्पत्तीले बैवाहिक जीवन निकै रमाईलो ढंगबाट अगाडी बढिईरहको बताएका छन् । मधुले राजेशसँगको सामिप्यता निकै आनन्ददायक भएको बताईन । त्यस्तै महानायक हमालले पनि मधुलाई पहिलो पटक देख्दा नै आफुले मन पराएको कुरा पनि खुलाएका छन् । हमाल दम्पत्ती विवाहपछि सँगै बसेर टेलिभिजनका लागि अन्तरवार्ता दिएको यो पहिलो पटक हो ।

Rajesh and Madhu 1

केही बर्ष अगाडि आयोजना भएको ‘लक्स ब्यूटी स्टार’ नामक कार्यक्रममा निर्णायक बनेर पुगेका हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । हमालले दिएको उनको भिजिटिङ कार्डबाट नै मधुसँग उनको प्रेमको मुना पलाएको थियो । मधुले पहिलोपटक हमाललाई फोन गरेपछि सँगै डिनरका लागि  सांग्रिला गएका थिए, तर संयोग के थियो भने सोही दिन राजेशको जन्मदिन पनि परेको थियो । यो नै राजेश मधुको पहिलो औपचारिक भेट थियो । अनि त्यही बाट शुरु भएको हमालको प्रेम सम्बन्धले आज श्रीमान श्रीमतीको रुप लिएको छ ।

मधुको ‘अन्डरस्ट्यान्डिङ्ग नेचर’ले आफुलाई तानेको  हमालले गफिदै भन्न भ्याए । मधुलाई पनि राजेशको सबै बानी मन पर्छ रे । हमालले मिठो भन्दा पनि ‘हाईजेनिक’ र सफा खाना खाना मन पर्छ । ‘फ्रेस भेजिटेबल’ र ‘सेमि बोईल्ड’ मन पर्ने भएकाले आफुलाई बनाउन सजिलो लाग्ने पनि मधुले बताईन् । हमालले भने आफुलाई खाना बनाउन नआउने बताए, उनले खाना बनाउन होईन बनाएको खाना खान चाहि सहयोग गर्छन रे । हमालले भने, ‘मधुपनि खाना बनाउन त्यति सिपालु ब्यक्ति चाही होईन, तर म सादा खाना खान्छु, त्यसैले उनलाई सजिलो भएको छ ।’

Rajesh hamal

रमाईलो गफगाफकै बीच हमालले मधुलाई हामी एक अर्कालाई बझ्छौ नि होईन ? भन्दै प्रश्न राखे । मधुले पनि ‘अहिलेसम्म’ भनेपछि पुन: जोसिदै हमालले मधुलाई सोधे ‘हाम्रो डिभोर्स त हुदैन नि ?’ प्रतिउत्तरमा मधुले नै प्रश्न गरिन्, ‘के तपाई मलाई डिभोर्स दिनुहुन्छ ?’………… त्यसपछि के हुन्छ ? भिडियो हेरौं ।

For More videos Log on to Mazzako TV