मज्जाको अनलाईन, चैत्र १० गते, मंगलबार, २०७१, काठमाण्डौं ।

यही शुक्रबार अर्थात् चैत्र १३ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘भूलभुलैया’को सोमबार साँझ बिग मुभिज काठमाण्डौंमा बिशेष प्रिमियर शो गरियो । प्रिमियरमा चलचित्रकी नायिका निता ढुंगाना मुख्य आर्कषक बनिन् । बिशेष पहिरनमा देखिएकी नायिका निताको साथमा उनका प्रेमी आमेश भण्डारी पनि प्रिमियरमा देखिएका थिए ।

Bhool Bhooliya new 2

त्यस्तै, चलचित्रको प्रिमियर शोमा चलचित्रका निर्देशक योगेश घिमिरे, नायिक शोहित मानन्धर, संगीतकार बसन्त सापकोटा, सल्लाहकार बिकास आचार्य, बिभिन्न संचार माध्यमका प्रतिनिधी संचारकर्मीहरको उपस्थिती रहेको थियो । कार्यक्रममा चलचित्रका नायक जिवन लुईटेल भने उपस्थित भएनन् । उनी यतिबेला अमेरिकामा छन् ।

Bhool Bhooliya new 3

चलचित्रको प्रिमियर शो बाट सिनेमालाई मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । सिंगल थिएटरमा चलचित्रले राम्रो ब्यापार गर्ने निर्देशक योगेश घिमिरेले प्रतिक्रिया दिएका छन् । तीन पुस्ताको प्रेमकथालाई देखाउन खोजिएको चलचित्र ‘भूलभुलैया’लाई दिनेशकुमार पोखरेल, शुशिल कार्की, शुरेश गौतम र मणीराज कार्कीको लगानी रहेको छ ।

Bhool Bhooliya new 1

Bhool Bhooliya new 4

For More videos Log on to Mazzako TV