मज्जाको अनलाईन, चैत्र  ७ गते, शनिवार, २०७१ ।

बलिउड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन हो । आजबाट उनी ३७ बर्षमा प्रवेश गरेकी छिन् । रानीको जन्म २१ मार्च १९७८ मा मुम्बईमा भएको थियो । रानीका पिता राम मुखर्जी फिल्म डाईरेक्टर हुन् भने उनकी आमा कृष्णा मुखर्जी प्लेब्याक सिंगर हुन् ।

नायिका रानीका एक भाई छन्, जसको नाम राजा मुखर्जी हो । राजा पनि फिल्म प्रोड्युसरको रुपमा चिनिईन्छन् । नायिका मुखर्जीले मुम्बईको कूपर हाई स्कुल, जुहू बाट स्कुलिंग सकेकी हुन् भने मुम्बईकै एसएनडीटि वुमन युनिभर्सिटीबाट होम साईन्समा ग्रेजुएशन गरेकी हुन् ।

Rani 1

रानीको पहिलो फिल्म ‘राजाकी आएगी बारात’ हो, जुन चलचित्रले बक्स अफिसमा राम्रो छाप छोड्न सकेन । त्यसपछि उनी अभिनय छाडेर पुन पढाईमानै ध्यान दिन थालिन् । पछि उनी पुन: ‘गुलाम’बाट भने सबैको नजरमा परिन् । आमिर खानसँगको उनको ‘पेयरिङ्ग’लाई निकै रुचाईएको थियो । ‘गुलाम’ १९९८ मा रिलिज भएको थियो । त्यसपछि उनले ‘कुछ कुछ होता है’, ‘हेलो ब्रोदर’, ‘हद कर दी आपने’, ‘साथिया’, ‘कल हो ना हो’, ‘युवा’, ‘ब्ल्याक’, ‘नो वन किल्ड जेसिका’, ‘बम्बे टाकिज’, ‘मर्दानी’ लगायतका सफल चलचित्र दिईन् ।

rani 7

रानीले निकै लामो समयको प्रेम पछि २१ अप्रिल २०१४ मा उनका प्रेमी फिल्ममेकर आदित्य चोपडासँग विवाह गरिन् । उनको जन्मदिनको हार्दिक शुभकामना सहित रानी मुखर्जीका केही नदेखिएका फोटोहरु हामी तपाईहरु समक्ष राख्दैछौं ।

Rani 16

rani 8

Rani 10

Rani 15

Rani 14

Rani 11

Rani 13

rani 9

Rani 5

For More videos Log on to Mazzako TV