मज्जाको अनलाईन, चैत्र ६ गते, शुक्रबार, २०७१, काठमाण्डौं ।

“छोरीचेली भएर यस्तो कुरा कसैलाई भन्न हुन्न, सहनशील हुनु पर्छ नत्र आफ्नै इज्जत जान्छ यस्ता कुरा आम छोरीचेलीले सुन्नु पर्छ अनि नचाहेरै पनि सम्झौता गर्नु पर्छ तर म भन्छु यस्तै कुराहरुले गर्दा हाम्रो समाजमा महिला हिंसा झनै बढ्दै गईरहेको छ”, नायिका प्रियंका कार्कीको भनाई । प्रसंग हो आज राजधानीमा टि एन एम म्यागाजिनले आयोजना गरेको महिला हिसां विरुद्धको ऐक्यवदता कार्यक्रम । पत्रिकाको कभर पेजमा समेत उनले सांकेतिक रुपमा महिला हिंसाको बिरोध गरेकी छिन् ।

Mazzako Priyanka Karki 3
नायिका कार्कीका अनुसार महिला हिंसा विरुद्ध अब गाँउ गाँउबाट असक्षम नारीहरु सक्षम भएर निश्कनु पर्छ । “असक्षम नारी त्यो हो जो सबै कुरा सहेर बस्छे तर हामी असक्षम नारी होईन, सक्षम नारी हुनु पर्छ जसले आफुमाथी भएको अन्याय र अत्यचारको विरुद्धमा आवाज उठाउछे”, नायिका कार्की भन्छिन्, “इज्जत जान्छ भन्ने डरले आफुमाथी भएको हिंसालाई हामीले कहिले सम्म लुकाएर राख्ने, अब बोल्ने बेला आएको छ” ।

Mazzako Priyanka Karki 4

टिएनएम म्यागाजिनले महिला हिंसा विरुद्ध विशेष अंक प्रकाशित गरेको छ, जसमा प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । कार्यक्रममा विशेष अंकको संयुक्त रुपमा पत्रिकाका सिईओ र नायिका कार्कीले सार्वजनिक गरेका छन् ।

Mazzako Priyanka Karki 2
त्यस्तै कार्यक्रममा महिला हिंसाको विषयमा वुमन नेपालले प्रस्तुत गरेको साइलेन्ड ड्रामा’ले पनि सबैको मन छोएको देखियो । नाटकको सबैले प्रशंसा गरे । कार्यक्रममा अतिथि बनेर पुगेका मेघा बैंकका सिइओ अनिल केशरी शाह विभिन्न उदाहरणहरु दिएर परिवर्तन आफैबाट शुरु गुनपर्ने बताएका थिए ।

Mazzako Priyanka Karki 1

For More videos Log on to Mazzako TV