‘म त मर्छु कि क्या हो ठूली’ , गएको भदौ ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ठूली’ को टाइटल गीत हो यो । फिल्म रिलिज हुनुभन्दा दुई महिनाअघि सार्वजनिक भएको यो गीतलाई दर्शक र श्रोताले रुचाए । युट्यूब च्यानलबाट मात्र ६ लाख बढीले हेरेको उक्त गीतका अघिल्ला पंक्ति युवाहरुको जिब्रोमै झुन्डिएको थियो ।

राजेश पायल राई अहिलेपनि यो गीतका लागि ‘वान्स मोर’ आउने भएपछि दोहो¥याई–तेह¥याई गाउँछन् । गीत हिट भएपछि त्यसले दर्शकलाई हलको बाटो देखाउला भन्ने निर्माता, निर्देशक र कलाकारमा आशा हुनु स्वाभाविकै हो । तर गीतले फिल्मका लागि केही पनि गर्न सकेन ।
thooli

‘बिर्खेलाई चिन्छस्’ ले धेरैलाई छोयो । फिल्मको यो शिर्ष गीत धेरै बिर्खेको थेगो पनि बन्यो । रमाईलो ढंगले गाइएको यो गीतलाई श्रोताले चिनेपनि फिल्मलाई दर्शकले चिनेनन् ।

यि दुई गीत प्रतिनिधि हुन् । यो वर्ष धेरै यस्ता गीत सुनिए तर फिल्म हेरिएनन् । गएको कार्तिकमा प्रदर्शन भएको फिल्म ‘स्टुपिड मन’ अर्को उदाहरण हो । यो फिल्ममा समावेश स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘तिम्रो आखाँमा आँसु हेरी ’ निकै रुचाइयो । युट्यूबबाट मात्र यो गीतलाई ५ लाखभन्दा बढीले हेरे । यो संगै फिल्मका अन्य गीतहरु ‘एउटा सानो घर’, ‘स्टुपिड मन’ पनि दर्शकले रुचाएका थिए । तर गीतको लोकप्रियता फिल्मका लागि फाइदाजनक भएन ।

नेपालमा गीत हिट हुँदा त्यसले दर्शक तान्ने मान्यता छ । त्यसैले निर्माता निर्देशकले पोस्टरसंगै गीतहरु सार्वजनिक गर्छन् र त्यसपछि मात्रै प्रोमोको पालो आउँछ । ‘स्टुपिड मन’ निर्देशक दिवाकर भट्टराई भन्छन्– ‘गीत हिट भयो भने फिल्म चल्नलाई सघाउ पुग्छ तर यो मात्रै काफी होइन् ।’ गीतलाई निःशुल्क सुन्न सकिने र फिल्म हेर्न पैसा खर्च गनुपर्ने भएकाले पनि नेपाली श्रोताहरु हलसम्म नपुग्ने गरेको उनको तर्क छ । ‘गीत त यात्रा गर्दागर्दै पनि सुन्न सकिन्छ तर हलमा गएर फिल्म हेर्न त समय मिलाउनुपर्छ’, उनले भने– ‘समय मिलाउँदा–मिलाउँदै फिल्म हलबाट उत्रिसकेको हुन्छ ।’

चर्चित पाश्र्व गायक स्वरुपराज आचार्य राम्रो गीतले फिल्म चल्नमा ५० प्रतिशत सघाउ पु¥याउने बताउँछन् । ‘फिल्मको कालान्तरसम्म सम्झिने गीत नै हो’ उनले भने । तर ‘म्युजिक मेकिङ’ मा भएजस्तो मिहेनत ‘स्क्रिप्टीङ’ मा नहुँदा धेरै नेपाली फिल्म फ्लप हुने उनको बुझाई छ । ‘गीत बनाउन निकै मिहनेत गरिन्छ तर स्क्रिप्ट र प्रस्तुती भने ‘झुर’ हुन्छन्’, उनले भने । गीतको मात्र भर परेर फिल्म नचल्ने उनले बताए ।
गीतको प्रभाव फिल्ममा किन देखिन छाड्यो ? गीतलाई हिट बनाएर फिल्म चलाउने निर्देशकका रुपमा चिनिएका योगेश घिमिरे भन्छन्– ‘ मार्केटिङ , हल र बजार व्यवस्थापन फितलो हुनु नै यसको मुख्य कारण हो ।’ उनी निर्देशित फिल्म ‘नोटबुक’ गएको वर्षको सफल फिल्म हो । फिल्ममा समावेश ‘गाला रातै’ अझै पनि दर्शकमाझ लोकप्रिय छ ।

यो वर्ष प्रर्दशनमा आएको फिल्म ‘जिन्दगी रक्स’ का ‘लखर लखर’ र ‘चोखो माया’ बोलका दुई गीत चर्चामा थिए । सुगम पोखरेल र ¥यापर गिरिशको स्वर रहेको फिल्मको प्रमोसनल सङ ‘लखर लखर’ र कमल खत्रीको ‘चोखो माया’ दुवैलाई पाँच लाखभन्दा बढी दर्शकले हेरेका छन् । तर त्यसको प्रभाव फिल्ममा देखिएन ।

कुमार भट्टराई निर्देशित फिल्म ‘उत्सव’ को ‘लौ सुन’ बोलको गीत पनि रुचाइएको थियो । ‘टलकजंग भर्सेस टुल्के’ को ‘नाचन मैया नाच’ बोलको गीतमा धेरै दर्शक नाचे । बिहे, भोज, पार्टी सबैमा गीत धन्कियो । यो गीतमा नाच्ने दर्शक हलमा पुगेका भए फिल्मको हिसाबकिताब नै अर्कै हुन्थ्यो ।

फिल्म ‘अलविदा’ को ‘जिन्दगीका दुई पल’ र ‘आभाष’ को ‘तिम्रो तस्विर’ बोलको गीत रुचाइएकै हुन् । सौगात मल्ल अभिनित फिल्म ‘श्री पाँच अम्बरे’ को पनि ‘यो मनमा हमेशा’ बोलको गीत चर्चामा थियो । सुपरहिट फिल्म ‘आगो’ को सिक्वेल ‘आगो २’ को राजेशपायल राई र आस्था राउतको स्वरमा रिमेक गरिएको गीत ‘माया बस्यो मुटु’ लाई पनि दर्शकले नरुचाएका होइनन् । तर यो फिल्मले पनि व्यापारिक हिसाबले पानी भन्न पाएन् ।

(शुक्रवार साप्ताहिकमा अनिल यादवले लेखेको रिपार्ट साभार गरिएको हो । )

For More videos Log on to Mazzako TV