मज्जाको अनलाईन, चैत्र ५ गते, विहिबार, २०७१, काठमाण्डौं ।

चलचित्र ‘होष्टल रिटर्न्स’को मुसुक्क हाँस्ने तिम्रो बानीले बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आगामी बैशाख २५ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको यस चलचित्रको गीतमा कलेज लाईफका रमाईला पलहरुलाई देखाउन खोजिएको छ । अंकुरित हुदैगरेको प्रेमको सुरुवाती पलको मिठासलाई गीतले बोल्दछ ।

hostel returns 2

केही दिन अघिमात्र यो फिल्मको अडियो ज्यूकबक्स पनि सार्वजनिक गरिएको थियो । स्याडोज ब्याण्डका स्वपनील शर्माको लेखन र संगीत रहेको यो गीतमा स्वर पनि स्वपनील र श्रेया सोताङको छ । गीतमा फिल्मका मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, स्वस्तिमा खड्का, सुनिल रावल र दिया मास्के फिचरिङ गरिएको छ ।

hostel returns 3

चलचित्र ‘होष्टल रिटर्न्स’लाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा इन्जिनियरिङ्गका विद्यार्थीहरुको होष्टेल लाईफलाई देखाउन खोजिएको छ । दुर्गिस फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई सुनिल रावलले बनाएका हुन् । उनले यसअघि सायद र होष्टल जस्ता हिट चलचित्र दिईसकेका छन् ।

चलचित्र पब्लिसिटीको नयाँ नयाँ आईडियाहरु सहित मार्केटमा अईरहेको चलचित्र ‘होष्टेल रिटर्न्स’ युनिटले भर्खरै दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको सहयोग गर्ने घोषणा पनि गरेको छ ।

For More videos Log on to Mazzako TV