मज्जाको अनलाईन, चैत्र ५ गते, विहिबार, काठमाण्डौं । 

चलचित्र ‘चंखे शंखे पंखे’ को प्रदर्शन मिति तय गरिएको छ । जेठ १ गतेबाट चलचित्र सर्वजनिक प्रर्दशनमा आउने निर्माण युनिटले जानकारी गराएको छ । मज्जाले सेट लगाएर बिग बजेटमा निर्माण गरिएको चलचित्र चंखे शंखे पंखे’ कमेडी जनरामा बनाईएको सिनेमा हो ।

chha

तर जेठ १ गतेबाटै बलिउडको आशातित् फिल्म फिल्म ‘बम्बे भेलबेट’ पनि रिलिज हुँदैछ । रणविर कपुर र अनुष्का शर्माले अभिनय गरेको सिनेमा तीन खानको चलचित्र जस्तो प्रभाव नपर्ने भन्दै सोही मितिमा चलचित्र प्रर्दशन गर्न लागिएको हो । चलचित्रमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, पूजा शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन सुर्दशन थापाले गरेका हुन् ।

chankhe Shankhe Pankhe for Media

सन्तोष सेनले निर्माण गरेको यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम भईरहेको छ । सुदर्शन थापा निर्देशित यो फिल्मको पहिलो प्रिमियर शो अप्रिल १७ तारिखका दिन बहराईनमा हुने बताईएको छ ।

For More videos Log on to Mazzako TV