मज्जाको अनलाईन, चैत्र ५ गते, विहिबार, काठमाण्डौं ।

चलचित्रको नाम हो, ‘भाग् सानी भाग्’ । नाम सुन्दा तपाईलाई बलिउडको सुपरहिट चलचित्र भाग् मिल्खा भाग् याद आउन सक्ला । तर निर्देशकको भनाईलाई आधार मान्ने हो भने चलचित्रको नाम उनले कसैबाट ऋण लिएका होईनन रे । “भाग् सानी भागलाई भाग् मिल्खा भागसँग तुलना गरिनुलाई म स्वभाविक रुपमै लिन्छु” चलचित्रका निर्देशक नवल नेपाल भन्छन्, तर जब दर्शकहरु चलचित्र हेर्न सिनेमा हलसम्म आउनुहुन्छ त्यो भ्रम चिरिनेछ, जहाँसम्म नामको कुरा आँउछ हामीले नाम कसैबाट ऋण लिएका भने होइनौं ।

Bhag Sani Bhag 3
आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र भाग् सानी भाग् निर्माणको घोषणा गरियो । चलचित्रमा केकीलाई नायक सविन श्रेष्ठले भगाउने भएका छन् । चलचित्रको सोही थिमलाईनलाई देखाउन नायिका केकी बेहुलीको पहिरनसहित कार्यक्रम स्थलमा पनि भाग्दै आईपुगिन् । यो देखेर एकछिन सबैजना छक्क पनि परेका थिए ।

Bhag Sani Bhag 4

संगीतकार चेतन सापकोटाको कार्यकारी निर्माणमा बन्न लगेको फिल्म ‘भाग् सानी भाग्’ मा गाँउ र शहरबीचको कथालाई देखाईनेछ । फरक गाउँका रंगीन सपना बोकर शहर पस्ने दुई युवा र युवतीको रमाइलो कथा नै ‘भाग् सानी भाग्’ को मूल कथा रहेको चलत्रिका निर्देशकले जानकारी गराए ।

Bhag Sani Bhag 6

चलचित्र ‘भाग सानी भाग्’ मा केकी र सविनसँगै निर शाह, रमेश बुढाथोकी र गीता अधिकारी लगायत अन्य कलाकारको पनि अभिनय रहनेछ । चलचित्रलाई दिव्यराज सुवेदीले खिच्नेछन् । सिनेमाको सुटिङ्ग तनहुँ, चितवन, दमौली र काठमाण्डौंमा गरिनेछ ।

Bhag Sani Bhag 1

विष्णु चापागाँई प्रस्तुत कर्ताको रुपमा रहेको चलचित्र ‘भाग सानी भाग्’ मा शहदेव गौतम र विलोल पोखरेल निर्माताको रुपमा रहेका छन् । साथी भाइ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘भाग् सानी भाग्’ मा कार्यकारी निर्माता चेतन सापकोटा स्वयम्को संगीत रहेको छ ।

Bhag Sani Bhag 5

For More videos Log on to Mazzako TV