मज्जाको अनलाईन, चैत्र ३ गते, मंगलबार, २०७१, काठमाण्डौं ।

चलचित्र ‘लालजोडी’ को गीत रेकर्डिङ्ग शुरु भएको छ । सोमबार साँझ धोबिधारास्थित म्युजीसियन रेकर्डीङ स्टुडियोमा गायक युवराज चौलागाईं को आवाजमा रेकर्ड गराईउको हो ।

“दुःखले म मातेको छु, हजार सपना टुटे पनि, आफ्नैले लुटे पनि खरानी धरि जलाउने यो शहरमा, घिटी घिटी बाचेको छु ,” गीतको शब्द यस्तो छ ।

Laljodi news

सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा शब्द चलचित्रका निर्देशक लक्ष्मण सुवेदी स्वयंले लेखेका छन् । बैशाखदेखि फ्लोरमा जान लागेको यस चलचित्रलाई लक्ष्मण आफैले निर्माण गर्न लागेका हुन् । ‘लालजोडी’ को एउटा डोयट गीत राजेशपायल राई र मनिषा पोखरेलको स्वरमा केही समयअघिनै रेकर्ड गरिसकीएको छ । उक्त गीतमा संगीत टंक बुढाथोकीको छ ।

दिलासा क्रियसनको ब्यानरमा बन्ने लालजोडीालई रामेश्वर कार्कीले खिच्ने छन् । सुशील पंगेनीको प्रोडक्शन डिजाइनमा बन्ने फिल्मका अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मको सुटिङ त्रिशुली र काठमाडौं आसपासमा गरिने निर्देशक सुवेदीले बताएका छन् ।

For More videos Log on to Mazzako TV