मज्जाको अनलाईन, चैत्र २ गते, २०७१, काठमाण्डौं ।

चलचित्र ‘हवल्दार सुन्तली’को ‘चि मुसी चि’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत्र २७ गतेबाट अलनेपाल रिलिज हुन लागेको यस चलचित्रको भर्खरै रिलिज गरिएको गीतमा ‘चि मुसी चि’ गर्ने नायिका  शिल्पा पोखेल हुन् । चलचित्रको यो गीतमा शिल्पासँगै हाँस्यकलाकार सुलेमान शंकर साथमा केही केटाकेटीहरुले अभिनय गरेका छन् । गीतमा आवाज सिमा श्रेष्ठ र साम्रज्ञी मल्लको रहेको छ । शब्द लेखु सहयात्रीको हो भने संगीत दीपक शर्माको हो ।

Hawaldar Suntali
छविराज प्रोडक्सनमा बनेको चलचित्र ‘हवल्दार सुन्तली’को निर्देशन ऋषि लामिछानेले गरेका हुन् । आफ्नै सहकर्मीबाट बलात्कृत सिपाही सुन्तली धामीको घट्नामाथी बनाईएको यस चलचित्रमा शिल्पाका अलावा किशोर खतिवडा र सविन श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ ।


चलचित्रमा शिवम अधिकारीको स्क्रिप्ट रहेको छ भने चलचित्रलाई मदन घिमिरेले खिचेका हुन् । सिनेमामा कोरियोग्राफी कविराज गहतराजको छ । चैत्र २७ गते बाट प्रर्दशनमा आउन लागेको यस चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘सेतो बाघ’सँग प्रतिस्पर्धा गर्नेछ ।

अब हेरौं यो प्रतिस्पर्धामा को इन र को आउट हुने हुन् ? त्यो भने समयले नै बताउला ।

For More videos Log on to Mazzako TV