फागुन ३० गते, शनिवार

आज बलिउडका ‘मिस्टर पर्फेक्सनिष्ट’ आमिर खानको ५० औं जन्मदिन हो । उनलाई जन्मदिनको शुभकामना ।

Amir Khan birthday

बलिउडका ‘मिस्टर पफेक्सनिष्ट’ आमिरले सन १९८४ मा रिलिज भएको फिल्म ‘होली’ देखि लिएर ‘पीके’ सम्म आईपुग्दा धेरै सुपरहिट फिल्महरु दिईसकेका छन् । भनिन्छ, उनी कुनै कुरामा हात नै हाल्दैनन् तर जब हात हाल्छन् सधै पर्फेक्ट दिन्छन् । सबै कुरामा पर्फेक्ट दिने आमिर कहिलेकाही आफ्नै फिल्मका केही दृश्यहरुमा चिप्लिएका पनि छन् ।

Amir Khan new

चाहे ‘धुम ३’ को कुरा होस् या ‘लगान’, कही न कही आमिर र उनको टिमले मिस्टेक नहोस् भन्दा भन्दै पनि सिनेमाको केही दृश्यहरुमा कन्टिन्युटीलाई लिएर मिस्टेक भएको देखिन्छ । आमिर आफ्नो भुमिकामा कुनै कसर बाँकी छोडदैनन् तर फिल्मका निर्देशकले कहिलेकाही मिस्टेक गरिदिदाँ यस्तो हुने गरेको छ ।

जस्तै फिल्म ‘धुम ३’ मा आमिर खान समर भकभकाउने हुन्छन् तर उनले मज्जाले गीत गाएको देखाईन्छ । यो कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न पनि उब्जन सक्छ । तर,  यो पहिलोपटक भने होईन धेरै  सिनेमामा यस्तो गल्ती भएको देखिन्छ । सिनेमा हेर्दा दर्शकले यस्तो गल्तीहरु सजिलै पत्ता लगाउन भने सक्दैनन् । तर यदि सिनेमालाई मज्जाले रिवाईन्ड गरि गरिकन हेरियो भने यस्तो गल्तीहरु पत्ता लाग्छ ।

अब हेरौं मिस्टर पर्फेक्सनिष्ट आमिर खानका केही फिल्ममा भएका गल्तीहरु–

धुम ३

2

धुम ३ को यो सिनमा डबल रोल गरिरहेका आमिर खान पुलबाट हाम फाल्छन् । कालो ज्याकेट लगाएका आमिर लेफ्टमा हुन्छन् तर जब एकछिन पछाडी पुलको तल पुगेपछि भने कालो ज्याकेट लगाउने आमिर राईटमा हुन्छन् । भएन त यहाँ मिस्टेक ?

धुम ३

6
फिल्मको यो सिनमा उद्य चोपडा बाईकमा स्टन्ट गर्दै गर्दा कालो रंगको चस्मा लगाएका हुन्छन् । तर यही सिनमा जब उनी बाईकबाट लड्छन् उनको चस्मा निलो रंगको देखाईन्छ ।

धुम ३

4
फिल्मको यो सिनमा अभिषेक बच्चन र उदय चोपडाको पछाडी कालो रंगको पहिरनमा कमाण्डुहरु देखाईन्छ । ती कमाण्डुहरुमध्ये एक जनाले कालो रंगको पाईजामा लगाएको देखाईन्छ, भने बाँकी सबैले कालो रंगको पाईन्ट लगाएका हुन्छन् ।

धुम ३

5
फिल्मको यो गीत ‘कमली कमली’ मा कैटरिनालाई पहिला अर्कै जुत्ता मोजा लगाएको देखाईन्छ तर त्यही सिनको कन्टिन्युटीमा उनको ड्रेस चेन्ज हुन्छ । उनको जुत्ता मोजा पनि चेन्ज भएको देखाईन्छ ।

सरफरोश

8
फिल्म सरफरोशको  गीत ‘जो हाल दिल’ का मा एउटी बच्चीले आमिरलाई फक्रेको गुलाब हातमा दिन्छिन् तर त्यसैको कन्टिन्युटी सटमा आमिरको हातमा फक्रेको गुलाबको हुदैन । फुल्न लागेको जस्तो देखिने गुलाब हुन्छ । यो कुरा त हाजमोलाले पचाउन पनि गारो होला कि ?

अन्दाज आपना आपना

3
फिल्मको यो सिनमा सलमान खानको कपाल छोटो देखिन्छ । तर त्यसैको एकछिनमा उनको कपाल अचानक कसरी त्यही लामो भयो ? प्रश्न यहाँ उब्जिन सक्छ ।

लगान

7
फिल्ममा १९८२ को सिन देखाईएको छ । जहाँ क्रिकेट म्याचको बेला प्रत्येक ओभर ६ बलको नै देखाईन्छ । तर खासमा, भारतमा ६ बलको एक ओभर १९८२–८३ देखि मात्र शुरु गरिएको हो । त्यो भन्दा अघि ८ बलको एक ओभर हुने गर्दथ्यो ।

३ इडियट्स

1

फिल्मको एक दृश्यमा आमिर र माधवन एयरटेल डाटा कार्ड प्रयोग गर्दै गरेको देखिन्छन् । जबकी, फिल्मको यो दृश्य करिब १० बर्ष अगाडीको देखाउन खोजिएको छ । तर बुझ्नुपर्ने कुरा के छ भने त्यो बेलामा एयरटेलको डाटा कार्ड भारतीय बजारमा आएको नै थिएन ।

– भारतीय मिडियाको सहयोगमा

For More videos Log on to Mazzako TV