मज्जाको अनलाईन, फागुन २९ गते, शुक्रबार, २०७१, काठमाण्डौं ।

चलचित्र ‘रेशम फिलिलि’को जालमा बोलका गीत यतिबेला सर्वत्र चर्चामा छ । अहिलेसम्म चलचित्रको यो गीतलाई युट्युबमा १३ लाख ६४ हजार भन्दा बढीले हेरिसकेका छन् । गीतको अडियो सुपरहिट भएपछि आफुलाई राम्रोसँग निन्द्रा लाग्न छाडेको  नायक विनय श्रेष्ठले बताएका छन् ।

गीतको अडियो सुनेर त्यसको भिडियो हेर्न ब्यग्र बनेका दर्शकको अपेक्षालाई भिडियोले मिट गर्ने हो कि होईन भन्ने कुराले रातभरी निन्द्रा लाग्न छाडेको विनयले बताए । रेडियो अडियोको कार्यक्रम ‘सिनेमा क्याफे’मा कुरा गर्दै उनले पहिल्यै खिचिईसकेको भिडियोमा केही पार्टहरु थप गरिएको पनि बताए ।

Vinay-Shrestha-Menuka-Pradhan-Resham-Filili

‘गीत हिट होला भन्ने त गीत बनाउदैं सोचेको थिए तर यति धेरै भाईरल होला भन्ने कल्पना समेत गरेको थिईन’, श्रेष्ठले भने, ‘गीतको अडियोलाई झै भिडियोलाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने सोचेको छु’ । फिल्मको गीतलाई लिएर निर्माता तथा कलाकार विनय श्रेष्ठ मात्रै होईन चलचित्रका संगीतकार तथा गायक कालीप्रसाद बाँसकोटा पनि निकै उत्साहित देखिन्छन् ।

भर्खरै सार्वजनिक गरिएको गीतको मेकिङ्ग भिडियोमा  बताएअनुसार पाँच महिना लगाएर उनले गीत बनाउका हुन्, ठेट नेपाली पाराको गीत बनाउन निकै मेहनत गरेको पनि उनले जानकारी गराएका छन् ।

सर्वाधिक रुचाईएको ‘जालमा’ बोलको यस गीतमा कालीप्रसाद बाँसकोटालाई सोमिया बराईलीले साथ दिएकी छिन् । बैशाख ११ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘रेशम फिलिलि’लाई प्रणव जोशीले निर्देशन गरेका हुन् । माधव वाग्लेले निर्माण गरेको यस चलचित्रमा विनयका अलावा कामेश्वर चौराशिया र मेनुका प्रधानको पनि मुख्य भुमिका रहेको छ ।

गीतको मेकिङ्ग भिडियो यस्तो छ ।


जालमा बोलको गीत हेरौं ।

For More videos Log on to Mazzako TV